लञ्चेस्टन ।
लञ्चेस्टन । लञ्चेस्टन नेपाली सकर क्लबले होबार्टको सकर क्लबका घाइते खेलाडीलाई आर्थिक सहयोग गरेको छ ।
होबार्टस्थित नेपालीहरुको सकर क्लब मार्फा फुटबल क्लबका क्याप्टेनलाई लञ्चेस्टन सकर क्लबले ७ सय ४१ अष्ट्रेलियन डलरको आर्थिक सहयोग गरेको हो ।
मार्फा फुटबल क्लबका क्याप्टेनको केही महिना अगाडि नेपाली सोसाइटी अफ तास्मानियाले आयोजना गरेको दशै कप खेल्ने क्रममा दाहिने खुट्टा भाचिएको थियो ।
हाल उनको दाहिने खुट्टाको सर्जरी भइसकेको छ भने उनको स्वास्थ्य सुधारोन्मुख छ । उनकै आग्रहमा परिचय भने गोप्य राखिएको छ । ‘हाम्रो आफ्नै समुदायको सदस्य र त्यहीमाथि आफ्नै क्षेत्रको खेलाडीलाई सहयोग गर्ने दायित्ववोधका साथ हामी हाम्रा खेलाडीहरुबाट आर्थिक संकलन गरेर उनलाई सहयोग गरेका हौं,’ लञ्चेस्टन सकर क्लबका अध्यक्ष सन्तोष आचार्यले भने ।
घाइते खेलाडीले आफूले आर्थिक सहयोग पाउँदा खुशी भएको र हाल आराम गरिरहेको नेपाल आइजलाई बताए ।