विश्वमा नेपाल चिनाउने १४  पिक्स : ‘नथिङ इज इम्पसिबल’  नेटप्लिक्समा हेर्नुहोस् 

विश्वमा नेपाल चिनाउने १४  पिक्स : ‘नथिङ इज इम्पसिबल’  नेटप्लिक्समा हेर्नुहोस् 
नेपालआईज
१३ मंसिर २०७८ ९:४४

अस्ट्रेलिया ।

निर्मल पुर्जाको फोर्टिन पिक्स : नथिङ इज इम्पसिबल नामक फिल्म नेटफ्लिक्समा विश्वव्यापी रूपमा हेर्न पाँईने भएको छ । 

उनको आधा वर्षको मिसनलाई फोर्टिन पिक्स : नथिङ इज इम्पसिबल भन्ने नयाँ चलचित्रमात्र देखाइनेछ । यो नोभेम्बर २९ मा नेटफ्लिक्समा विश्वव्यापी रूपमा रिलिज  भएको छ ।  यो चलचित्र  ३१ भाषामा समेत अनुवाद गरिएको छ  । 

उनको आधा वर्षको मिसनलाई फोर्टिन पिक्स : नथिङ इज इम्पसिबल भन्ने नयाँ चलचित्रमात्र देखाइनेछ । यो नोभेम्बर २९ मा नेटफ्लिक्समा विश्वव्यापी रूपमा रिलिज  भएको थियो ।   उनको फिल्मलाई ३१ भाषामा   अनुवाद गरिएको छ  । अन्यभाषामा अनुवाद गरिएको फिल्म चाही यही सिजनको  हेर्न पाइने छ । 

 निर्मल ‘निम्स’ पुर्जाले आफ्ना सहकर्मी मिङमा डेभिड शेर्पा, गल्जेन शेर्पा र गेसमान तामाङसंगको शिशापाङमा शिखरबाट ‘मिसन एचिभ्ड’ अर्थात् मिसन पुरा भयो भन्ने सन्देशसहित आफ्नो मिसन पुरा गरेको जानकारी गराएका छन । 

नेपाली नागरिक तथा पूर्व बेलायती सैनिक पुर्जाले ८ हजार मिटरका १४ वटा हिमाल सात महिना भन्दा कम समयमै आरोहण गरेका थिए । उनले कीर्तिमानी १८९–दिनको समयमा हासिल गरेको उपलब्धि अन्य पर्वतारोहीहरुका लागि यो कथा  प्रेरणादायी बन्ने छ । 

‘यो एक अविश्वसनीय अनुभूति थियो र यो सबैको लागि जित थियो,’ पुर्जाले भने । ‘ती सबै जसको सपना छ, ती सबैका लागि जो माथि र त्यो भन्दा माथि जान चाहन्छन । म मेरो १४ शिखरको चुनौती ठुला शिखरहरूको प्रेमले मानिसहरूलाई प्रेरित गर्न चाहन्छु, तर त्यो भन्दा पनि, म सबैलाई यो बताउन चाहन्छु कि तपाईँले आफ्ना मनमा कुनै कुरामा लगाउनु भएको छ भने तपाईँले त्यसलाई प्राप्त गर्न सक्नुहुन्छ– तपाई कहाँबाट आउनु भएको छ त्यसले केही फरक पर्दैन ।’

८ हजार मिटरका १४ अग्ला शिखर आरोहण गर्ने पहिलो आरोही रे होल्ड मेसनर थिए, उनले सन् १९८६ मा सो उपलब्धि हासिल गरेका थिए । मेसनरले विना अक्सिजनको ती शिखरहरूको आरोहण गरेका थिए । पुर्जाले अप्रिल २३, २०१९ मा अन्नपूर्णको आरोहण गरेपछि ब्रेमोन्ट प्रोजेक्ट पसिबल नामक ६ महिनाको चुनौती सुरु गरे ।

मे २२ मा उनी अन्य ३ सय २० जना आरोहीसङ सगरमाथाको चुचुरोमा पुगे । चीनले शिशापाङमा बन्द गरेको कारण पुर्जा र उनको टोलीले चीन तिब्बत पर्वतारोहण सङ्घबाट विशेष अनुमति लिनुपर्ने भयो ।

त्यस वर्ष आरोहणका क्रममा पुर्जा चार वटा उद्धारमा समेत संलग्न भए । अप्रिलमा डाक्टर चिन उही किनको अन्नपूर्णमा उद्धारको नेतृत्व गरे । त्यसपछि २१ घण्टामा कञ्चनजङ्घाको आरोहणपछि मे १५ मा उनी उनको टोलीले ८ हजार ४ सय मिटरबाट दुई आरोहीलाई उद्धार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको