अस्ट्रेलियाको राष्ट्रिय राजनीतिमा जोडिन नेपाली युवाहरूलाई मन्त्री मार्क कोउरको आग्रह 

अस्ट्रेलियाको राष्ट्रिय राजनीतिमा जोडिन नेपाली युवाहरूलाई मन्त्री मार्क कोउरको आग्रह 
नेपालआईज
२८ चैत २०७८ १२:२९

सिड्नी । अस्ट्रेलियामा संघीय संसदको  चुनाव नजिकिदै गर्दा अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका  बहुसंस्कृतिक मन्त्री मार्क कोउरले नेपाली युवाहरुलाई अस्ट्रेलियाको राष्ट्रिय राजनीतिमा जोडिन आग्रह गरेका छन् । 

रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाले नेपाली नयाँ वर्ष  २०७९ को अवसरमा आयोजना गरेको सुभकामना कार्यक्रममा  बोल्दै मन्त्री कोउरले सो कुरा बताएका हुन् । अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गएकोमा खुशी ब्यक्त गर्दै मन्त्री कोउरले भने  ”अस्ट्रेलियामा नेपालीहरुहरुले प्रशंसनीय काम गरेका छन्।” 

 कार्यक्रम आयोजकले मन्त्रीलाई नेपाली ढाका टोपी र खादाले स्वागत गरेका थिए । अप्रिल १० तारिखमा  सिड्नी स्थित केन्ड्रिक पार्कमा  सम्पन्न भएको सुभकामना आदान प्रदान कार्यक्रममा  नेपाली समुदायका अगुवाहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको  बाक्लो  उपस्थिती रहेको थियो । सो अवसरमा  मन्त्री कोउरले  नेपाली क्यालेण्डरको पनि विमोचन गरेका थिए ।

संस्थाका अध्यक्ष मुक्तिराम पोख्रेलले सुभकामना आदान प्रादन कार्यक्रमले समुदाय र सरकारका प्रतिनिधिविच सम्बन्ध बढाउन सहयोग पुग्न सक्ने बताएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको