एनआरएनए परिचयपत्र कसरी  बनाउने ?

एनआरएनए परिचयपत्र कसरी  बनाउने ?
नेपालआईज
१८ वैशाख २०७९ ४:०४

अस्ट्रेलिया। गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्र दूतावासले नेपाली मूलका विदेशी नागरिक र दक्षिण एसियाली मुलुक (सार्क) बाहेक विदेशमा दुई वर्षभन्दा बढी समयदेखि बसोबास गरिरहेका नेपाली नागरिकलाई प्रदान गर्ने गर्दछ । नेपाली मूलका विदेशी नागरिकको परिचयपत्र १० वर्ष र विदेशमा बस्ने नेपाली नागरिकको परिचयपत्र दुई वर्षसम्मका लागि मान्य हुन्छ ।

क. एनआरएन परिचयपत्र बनाउनका लागि नेपाली मूलको विदेशी नागरिकको लागि निम्न कागजातहरू आवश्यक छन्:
१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नेपाली राहदानीको प्रतिलिपि
३. नेपाली नागरिकता त्यागेको प्रमाण (यदि त्यागे हो भने)
४. विदेशी नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५. विदेशी राहदानीको प्रतिलिपि
६. व्यवसाय/रोजगारको प्रमाण (व्यवसाय दर्ता प्रमाणपत्र, नियुक्ति पत्र आदिको प्रतिलिपि)
७. आवेदकको हालसालै खिचिएको दुईवटा पासपोर्ट साइज र दुईवटा अटो साइज (२५ x ३० एमएम) फोटोहरू
८. ट्र्याकिङ नम्बर सहितको हुलाक भुक्तान गरिएको स्व-ठेगाना गरिएको खाम (सुरक्षित डेलिभरीको लागि डेलिभरी पोस्टमा हस्ताक्षर)
९. शुल्क: अष्ट्रेलियन डलर ५७२ (दूतावासमा कुनै EFTPOS सुविधा नभएको, केवल ‘नेपाल दूतावास’ को नाममा गरिएको नगद/मनी अर्डर मात्र स्वीकार गरिन्छ)

ख. विदेशमा बस्ने नेपाली नागरिकका लागि निम्न कागजातहरू आवश्यक छन्:
१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नेपाली राहदानीको प्रतिलिपि
३. व्यवसाय/रोजगारको प्रमाण (व्यवसाय दर्ता प्रमाणपत्र, नियुक्ति पत्र आदिको प्रतिलिपि)
४. आवेदकको हालसालै खिचिएको दुईवटा पासपोर्ट साइज र दुईवटा अटो साइज फोटोहरू
५. ट्र्याकिङ नम्बर सहितको हुलाक भुक्तान गरिएको स्व-ठेगाना गरिएको खाम (सुरक्षित डेलिभरीको लागि डेलिभरी पोस्टमा हस्ताक्षर)
६. शुल्क: अष्ट्रेलियन डलर ७७ (दूतावासमा कुनै EFTPOS सुविधा नभएको, केवल ‘नेपाल दूतावास’ को नाममा गरिएको नगद/मनी अर्डर मात्र स्वीकार गरिन्छ)

फारमहरु दूतावासको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर