तास्मानिया । तास्मानियाको लञ्चेस्टनमा यही ‘विन्टर सिजन’मा ‘डान्स पार्टी’ हुने भएको छ । स्थानीय तालि इभेन्ट्सले जुन ३ तारिख शुक्रबारका दिन लौनीज नाइट क्लबमा स्थानीय कलाकार र डिजेहरु सहितको ‘डान्स पार्टी’को आयोजना गर्न लागेको इभेन्ट्सका रविन लामाले बताए । बेलुका आठ बजेदेखि सुरु हुने ‘डान्स पार्टी’मा प्रवेशका लागि प्रतिव्यक्ति २० डलरको शुल्क तोकिएको छ भने फोटो आइडीको आवश्यक पर्नेछ ।