सुदुरपश्चिम समाज अस्ट्रेलिया, न्यु साउथ वेल्सको अध्यक्षमा लक्ष्मी जोशी र महासचिवमा कुमार शाह  निर्वाचित

सुदुरपश्चिम समाज अस्ट्रेलिया, न्यु साउथ  वेल्सको अध्यक्षमा लक्ष्मी जोशी र महासचिवमा कुमार शाह  निर्वाचित
नेपालआईज
२७ वैशाख २०७९ ९:३९

सिड्नी ।  सुदुरपश्चिम समाज अस्ट्रेलिया, न्यु साउथ वेल्सको अध्यक्षमा लक्ष्मी जोशी र महासचिवमा कुमार शाह  सहित १५ सदस्य कार्यसमिति चयन भएको  छ ।

मे ८ मा सुदुरपश्चिम समाज अस्ट्रेलिया, न्यु साउथ वेल्सले सिड्नीमा रहेका विभिन्न संघ संस्था का प्रतिनिधिहरुका बीच  सुदुरपश्चिम समाज अस्ट्रेलिया न्यु साउथ वेल्सको आगामी कार्यकालको  लागी नयाँ कार्यकारणी समिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा जनक रावल,महासचिवमा कुमार शाह,सचिव लोकराज भट्ट,कोषाध्यक्ष केशवराज जोशी,सहकोषाध्यक्ष आशिष चोखाल लगायत रहेका छन् भने सदस्यहरुमा दिलीप पाण्डे,दीपक जोशी,डीबी चन्द,हरिश विष्ट,शिखा सिंह,विजय खाती,सुनिल भट्ट,भावना पन्त र दिनकर भट्ट रहेका छन् ।  साधारण सभाले क्यारियर विकास र प्रविधि संयोजकमा शिव पौडेल,अशोक भट्ट र सुमन शाह,घटनाक्रम र खेल संयोजकमा बसन्त ओझा र सम्राट शाही,युवा र विद्यार्थी संयोजकमा विजय बिष्ट,कमलेश जोशी र महिन्द्रा धामी,महिला संयोजकमा तनुजा सिंह,अन्तर्राष्ट्रिय सम्बन्ध संयोजकमा श्याम पौडेल लगायतलाई चयन गरेको छ ।

सुझाव समितिमा तोरण अवस्थी,सन्ध्या शाह,सुकृति भट्ट,राकेश जोशी,सुशील सिंह,केशव जोशी,भूपेन्द्र कुँवर र कानुनी सल्लाहकारमा हेमराज भट्ट र स्वतन्त्र प्रताप शाह छन् ।

सो कार्यक्रममा मुख्य अतिथि एनआरएनए का प्रमुख नन्दु गुरुङले सम्पूर्ण संघ संस्था एबम समाजहरु एकजुट हुदै नेपाली समुदायको उत्थानका लागि हातेमालो गर्दै सहकार्य गर्नुपर्ने कुरा मा जोड दिनु भयो |  अध्यक्ष्य गुरुङले गएका दिनहरुमा सुप समाज अस्ट्रेलिया संग नजिक रही काम गर्दै आयको र आउदा दिनहरुमा पनि यसरीनै हातेमालो गर्दै जाने कुरा दोहर्याउनु भयो |

एनआरएनए सचिब सन्ध्या शाहले सु.प समाजले स्थापना कालदेखि नै एनआरएनए संग सहकार्य गर्दै आएको र आउने दिनहरुमा पनि अझ नजिकबाट सहकार्य गर्दै जाने बिश्वास ब्यक्त गर्नुभयो |

कार्यक्रममा बोल्दै, एनआरएनए एन एस डब्लु का कोर्डीनेटर देव गुरुङले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपालीहरुलाइ एकजुट हुन आव्हान गर्दै  सुदुरपश्चिम समाज अष्ट्रेलियाको नब निर्बाचित कामटि  लाई सफल कर्यकाल को सुभकामना दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको