अष्ट्रेलियामा नेपाली विद्यार्थी सबिना थापाको जीवन मरणको सङ्घर्ष सहयोगको अपिल

अष्ट्रेलियामा नेपाली विद्यार्थी सबिना थापाको जीवन मरणको सङ्घर्ष सहयोगको अपिल
नेपालआईज
३० भदौ २०८२ ४:१९

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित लिभरपुल अस्पतालमा जीवन-मरणको सङ्घर्ष गरिरहेकी नेपाली विद्यार्थी सबिना थापाको उपचारका लागि सहयोगको अपिल गरिएको छ। केही समयअघि ब्रेन ट्युमरको देखिएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

चिकित्सकहरूले अब सबिनाको जीवन सम्भव नहुने जानकारी गराएपछि परिवार र नजिकका साथीभाइहरू शोकाकुल बनेका छन्। सबिना अध्ययन र उज्ज्वल भविष्यको सपना बोकेर अस्ट्रेलिया आएकी थिइन्। तर अहिले उनी अस्पतालको शैय्यामा जीवनसँग जुधिरहेकी छन्।

नेपालबाट आएकी उनकी आमा एक्लै छोरीको हेरचाह गर्दै भावनात्मक र आर्थिक दुवै कठिनाइ भोगिरहेकी छन्। यस कठिन परिस्थितिमा समुदायका तर्फबाट सानोदेखि ठुलो सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको