तामाङ घेदुङ समाज क्यानवेराले २५६६ औँ बुद्ध जयन्ती  मनाउँदै

तामाङ घेदुङ समाज क्यानवेराले २५६६ औँ  बुद्ध जयन्ती  मनाउँदै
नेपालआईज
२८ वैशाख २०७९ १३:२७

क्यानवेरा । तामाङ घेदुङ समाज क्यानवेराले  मे १६ तारिखमा  क्यावेराको भेत्नामी मन्दिरमा २५६६ औँ बुद्ध जयन्ती मनाउने भएको छ ।

गौतम बुद्धको २५६६ औँ जयन्तीको अवसरमा  शान्तिको कामना गर्दै बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । अस्ट्रेलियाको राजधानीमा क्यानवेरामा पनि  गौतम बुद्धको २५६६ औँ  को अवसरमा  विश्व शान्तिको सन्देश दिन र आफ्नो संस्कृति जगेर्नाका लागि  कार्यक्रम  आयोजना गरिएको तामाङ घेदुङ समाज क्यानबेराका संस्थापक कर्मा लामाले जानकारी दिनुभयो ।

साथै क्यानवेरामा रहनू हुने नेपाली दाजु भाइ तथा दिदी बहिनी लगायत सम्पूर्ण संस्थालाई कार्यक्रममा सहभागी हुन् तामाङ घेदुङ समाज क्यानबेराले  अनुरोध गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर