अष्ट्रेलियामा भिजिट वा वर्किङ हलिडे भिसामा आएकाले प्रोटेक्सन भिसा हाल्दा कडा कारबाही

अष्ट्रेलियामा भिजिट वा वर्किङ हलिडे भिसामा आएकाले प्रोटेक्सन भिसा हाल्दा कडा कारबाही
नेपालआईज
४ फागुन २०८२ २३:२८

 मेलबर्न ।  अष्ट्रेलियामा वर्किङ हलिडे वा भिजिट भिसामा आएका केही विदेशी नागरिकले बसाइ लम्ब्याउने उद्देश्यले योग्य नभए पनि Protection visa (subclass 866) का लागि आवेदन दिने प्रवृत्ति बढेको पाइएको छ।

अष्ट्रेलियाको गृह मन्त्रालयका अनुसार गलत, झुटो वा भ्रामक विवरण पेश गरेर प्रोटेक्सन भिसा आवेदन दिनु गम्भीर अपराध हो। यस्तो कार्यले देशको शरणार्थी तथा संरक्षण प्रणाली दुरुपयोग हुने चेतावनी दिइएको छ।

यदि कोही व्यक्ति अयोग्य हुँदाहुँदै प्रोटेक्सन भिसा आवेदन दिन्छ भने ठूलो जरिवाना, भिसा रद्द, लामो समयसम्म अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध तथा अन्य देशको भिसा पाउन कठिनाइ जस्ता परिणाम भोग्नुपर्ने हुन्छ।

गम्भीर अवस्थामा १० वर्षसम्म कैद सजायसमेत हुन सक्ने कानुनी प्रावधान रहेको जनाइएको छ।

अष्ट्रेलिया बसाइको अवसरलाई गलत निर्णयले जोखिममा नपार्न गृह मन्त्रालयले आग्रह गरेको छ। प्रोटेक्सन भिसा सम्बन्धी सही मापदण्ड र जोखिमबारे विस्तृत जानकारी आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर