अमेरिकाले अष्ट्रेलियामा अपराध गर्ने आप्रवासीहरूको तथ्याङ्क संकलन गर्ने

अमेरिकाले अष्ट्रेलियामा अपराध गर्ने आप्रवासीहरूको तथ्याङ्क संकलन गर्ने
नेपालआईज
९ मंसिर २०८२ २३:१०

  एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अष्ट्रेलियामा बसाइँ सरेका आप्रवासीद्वारा भएका अपराध र मानवअधिकार उल्लंघनका घटनाबारे तथ्यांक संकलन गर्ने भएको छ। विश्वभर बढ्दो आप्रवासनलाई नियन्त्रण गर्ने अभियानअन्तर्गत यो कदम चालिएको हो, जसलाई ट्रम्प प्रशासनले “पश्चिमी सभ्यताका लागि अस्तित्वगत खतरा” का रूपमा व्याख्या गरेको छ।

स्टेट डिपार्टमेन्टका अनुसार “अत्यन्तै भिन्न संस्कृतिबाट ठूलो संख्यामा हुने आप्रवासन” ले अष्ट्रेलियामा राजनीतिक तथा आर्थिक अस्थिरता उत्पन्न गर्न सक्छ। अमेरिकी अधिकारीहरूले अष्ट्रेलियाको आवास सङ्कटलाई आप्रवासन–सम्बन्धी दबाबको उदाहरण पनि बताए।

उस्तै निर्देशहरू यूरोप, बेलायत, क्यानडा र न्यूजिल्यान्डस्थित अमेरिकी दूतावासहरूलाई पनि पठाइएको छ।

अष्ट्रेलियाले वार्षिक १,८५,००० स्थायी आप्रवासी भित्र्याउने नीति जारी राखेकै बेला अमेरिकी हस्तक्षेप राजनीतिक विवादको विषय बन्न थालेको छ। COVID-19 पछि उच्च भएको ५३८,००० को शिखरदरबाट हाल कुल आप्रवासन घट्दै ३१६,000 मा झरेको छ।

यसैगरी यस्तै निर्देशनहरू युरोप, बेलायत, क्यानडा र न्यूजिल्यान्डस्थित अमेरिकी दूताबासहरूलाई समेत पठाइएको बताइएको छ। यी देशका सरकारहरूलाई पहिले नै परामर्श गरिएको थिएन, तर अब दूताबासहरूलाई सम्बन्धित सरकारहरूसँग सम्पर्क गरी “सहयोग” प्रस्ताव गर्न आदेश दिइएको छ।

पहिलो पटक प्रकाशित समाचार यहाँ हेर्नुहोस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर