काठमाडौं– काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अनुसार स्वतन्त्रबाट प्रमुख पदका उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता कायमै छ ।
महानगरपालिकाको वडा नम्बर १ र ३२ को पछिल्लो मतगणना अनुसार बालेनले ५६८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
नेकपा एमालेका केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।