काठमाडौं-काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले फराकिलो मतअन्तर बनाइरहेका छन् । बालेन्द्रले विहान ९ बजेसम्को मत अपडेटमा ७९३ मतले अग्रता लिएका छन् ।
५१५१ मत गणना हुँदा बालेन्द्रले १८९० मत ल्याएका छन् । एमलेका मेयरका उम्मेदवार केशव स्थापितको १०९७ मत मात्रै छ । बालेन्द्रको निकटम प्रतिस्पर्धी एमाले भइरहेको छ । एमालेका स्थापितसँग बालेन्द्रको मत अन्तर नै ७९३ रहेको छ।
गठन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने तेस्रो स्थानमा छिन् । सिर्जनाले ९२२ मत मात्रै ल्याएकी छन् । गठबन्धनका उम्मेदवार बालेन्द्रसँग एमालेका उम्मेदवारसँग भन्दा पनि फराकिलो मत अन्तरमा छाडि छ ।
काठमाडौं महानगरको मेयरमा भने एमालेकी उम्मेदवार सुनिता डंगोलल लोकप्रिय मत ल्याइरहेकी छिन् । डंगोलले २००० मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट (नेकपा एकीकृत समाजबादी) उम्मेदवार रामेश्वर श्रेष्ठले ५८० मत मात्रै पाएका छन्