काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको द्धिपक्षीय वार्तामा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ । भारतीय विदेश मन्त्रालयद्धारा सार्वजनिक गरिएको वक्तव्य अनुसार दुई देशबीच विभिन्न ६ वटा सम्झौता भएको हो ।
नेपाल भारतबीच ६ बुँदे सम्झौता के के हुन् ?
- बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता.
- भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।
- भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता
- काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता
- काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी– मद्रास (आईआईटी–एम) बीच सम्झौता र स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालनसम्बन्धी समझदारी ।
- अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता
यसैवीच नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार (आज) बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्केका छन् । अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई बिदाइ गरेका हुन् । बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री मोदी बुद्धजन्मस्थल लुम्बिनी आएका हुन् ।