अस्ट्रेलियामा लिबरल गठबन्धनले  बहुमतीय सरकार बनाउन नसक्ने प्रक्षेपण 

अस्ट्रेलियामा लिबरल गठबन्धनले  बहुमतीय सरकार बनाउन नसक्ने प्रक्षेपण 
नेपालआईज
७ जेठ २०७९ ११:३५

एजेन्सी । अस्ट्रेलियाको एबीसीको चुनावी कम्प्युटरले स्कट मरिसनको गठबन्धन सरकारले बहुमतीय सरकार बनाउन नसक्ने प्रक्षेपण गरेको छ । अस्ट्रेलियामा शनिबार राति नै संघीय निर्वचान सम्पन्न भएको थियो भने मतगणना जारी रहेको छ ।

तर प्रक्षेपणले लेबरले बहुमतको सरकार बनाउन सक्षम हुने वा नहुनेबारे स्पष्ट पारेको छैन । एक चौथाइ भन्दा बढी मत गणना भएसँगै लेबरले मेलबर्नको चिसोल्म र भिक्टोरियाको रीड जित हात पारेको संकेत गरेको छ ।

एबीसीको प्रक्षेपण अनुसार खेलाडीबाट जिपि बनेका सोफी स्काम्प स्वतन्त्र उम्मेदवारको रुपमा जित हात पार्ने पहिलो उम्मेदवार बन्नेछन् ।

एबीसीको प्रमुख चुनाव विश्लेषक एन्टोनी ग्रिनले गठबन्धनले ७६ सिट प्राप्त गर्न नसक्ने प्रक्षेपण गरेका छन् ।

वर्तमान लिबरल सांसद जेसन फालिन्सकीको प्राथमिक भोट झन्डै ४० प्रतिशतमा झरेका कारण उनी तेस्रो कार्यकालका लागि सांसद बन्ने सम्भावना नरहेको बताइएको छ ।

अर्थ मन्त्री सिमोन बर्मिङघमले लिबरलले आफ्नो मुख्य क्षेत्रमा पराजय भोगिरहेको बताउदै उनले पराजय भोगे यो ठूलो सन्देश हुने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर