क्यानवेरा । अस्ट्रेलियाको संघीय चुनाव शनिवार सम्पन्न भएको छ । साथै शनिबार साँझबाट मतगणना जारी छ । । पछिल्लो परिणाम अनुशार सरकारको नेतृत्व गरेको दल लिबरल पार्टीले केही स्थानम अग्रता लिएको छ भने विपक्षी दल लेवरले कडा प्रतिस्पर्धा गरिरहेको छ ।
प्रतिनिधि सभाको तल्लो सदनका लागि १ सय ५१ र सिनेटको ४० सिटका लागि निर्वाचन भएको थियो । तल्लो सदनको १ सय ५१ सिटका लागि अस्ट्रेलियाभर १२ सय ४ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा थिए ।
त्यस्तैगरी ७६ सिटको सिनेटका लागि ४ सय २२ जना उमेद्वार चुनावी मैदानमा छन ।
शनिबार सम्पन्न निर्वाचनमा १ करोड ७२ लाख ८ हजार ९ सय मतदाता रहेका थिए भने देशभर ८ हजार मतदान केन्द्रहरु रहेको निर्वाचन आयोगले जनाएको छ ।
सन् २०१३ देखि सत्तारुढ गठबन्धन सत्तामा रहेको छ । जसमा टोनी अबोट, माल्कम टर्नबुल र मरिसन प्रधानमन्त्री भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा लेवर र लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ । दुवै दलले आ-आफ्नो जितको दाबी गरेका छन् ।