तास्मानिया । अस्ट्रेलियामा शनिबार राति सम्पन्न भएको सङ्घीय निर्वाचनमा तास्मानिया राज्यको बास क्षेत्रकी लिबरल पार्टीकी सांसदकी उम्मेदवार ब्रिजेट आर्चरले जितेकी छन् ।
उनले प्रतिद्वन्दी लेबर पार्टीका रोज हार्टलाई फराकिलो अन्तरले पराजित गरिन् । ब्रिजेटको जितपछि बास क्षेत्रको इतिहासमा करिब ३० बर्षपछि लिबरलको एउटा उम्मेदवारले लगातार दोश्रोपटक जितेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै जितपछि आफू एकदमै भावविह्वल भएको सानो प्रतिक्रिया दिएकी थिइन । मलाई यो अभियानमा विगत केही बर्षदेखि निरन्तर सहयोग र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु, उनले भनेकी थिइन् । पछिल्लो समय नेपालीहरुको उपस्थिती बाँक्लिदै गएको उक्त क्षेत्रमा स्थानीय नेपाली समुदाय प्रति चासो राख्ने सांसदको रुपमा उनी परिचित छन् ।