लनचेस्टनमा पनि खुल्यो एक्सपर्टको शाखा

 लनचेस्टनमा पनि खुल्यो एक्सपर्टको शाखा
नेपालआईज
८ जेठ २०७९ १०:५८

लनचेस्टन ।   नेपाल – अस्ट्रेलिया  लगायत विश्वका विभिन्न देशमा शाखा स्थापना गरी शैक्षिक परामर्श दिदैं आएको  एक्सपर्ट  एजुकेशन एण्ड भिसा सर्भिसेजले तास्मानियाको दोस्रो ठूलो शहर लनचेस्टनमा पनि शाखा विस्तार गरेको छ ।

शनिबार लनचेस्टनमा एक विशेष कार्यक्रमका बिच  शाखाको उद्घाटन गरिएको हो ।   एक्सपर्ट होबार्टका   महाप्रबन्धक  रसिक श्रेष्ठले लनचेस्टनमा ‘शैक्षिक हव‘ नभएपनि तास्मानियाको नर्थ तथा नर्थ वेस्टमा बस्ने  नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्तरीय सुविधादिनको लागि शाखा विस्तार गरिएको बताए ।  

एक्सपर्ट लनचेस्टन  शाखाका  प्रबन्धक ज्योति अर्यालले  लनचेस्टन शाखाले पनि अन्य शाखाहरु जस्तै शैक्षिक परामर्श दिने जानकारी दिए । 

एक्सपर्टको लनचेस्टन शाखा सहित अस्ट्रेलियाभर १६ शाखा छन भने विश्वभर ५१ वटा शाखाबाट शैक्षिक परामर्श दिइरहेको एक्सपर्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको