Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
सन्दर्भ: नेशनल ‘सरी’ डे अस्ट्रेलियाका आदिवासीसँग सरकारले किन माफी माग्यो !
नेपालआईज
१२ जेठ २०७९ ३:२७
छत्र शंकर । अस्ट्रेलियाले मे २६ तारिखलाई नेशनल ‘सरी डे’ वा नेशनल डे अफ हिलिङको रुपमा मनाउदै आएको छ । यो दिवसले अस्ट्रेलियाका आदिवासी जनजाति तथा पछि बसोबास गर्न आएका मानिसबीचको मेलमिलापको निरन्तर प्रक्रियाको एक भागको रूपमा रहेको छ । यस दिन आदिवासी जनजातिहरूमाथि भएको दुर्व्यवहारको सम्झना गर्ने गरिन्छ ।
सन् १९९७ मे २६ मा ब्रिङगिङ्ग देम होम प्रतिवेदन सार्वजनिक भएको कारण यसै दिनलाई छनोट गरिएको हो । अस्ट्रेलियाको संसदमा पेस गरिएको उक्त प्रतिवेदनले २० औं शताब्दीको सरकारी नीति र अभ्यासको अनुसन्धानको नतिजा थियो जसले गर्दा उद्देश्यले उनीहरूको परिवारबाट छुट्याइएको थियो ।
यसलाई ‘स्टोलेन जेनेरेसन्स’ को रुपमा चिनिन्छ ।
सन् २००८ फेब्रुअरी १३ मा प्रधानमन्त्री केभिन रुडले सरकार तथा नागरिकका तर्फबाट औपचारिक माफी मागे ।
प्रतिवेदनले राज्य र संघीय सरकारहरूले औपचारिक माफी माग्नुपर्ने र नीतिको परिणामले निम्त्याएको परिणामहरूको सामना गर्न मद्दत गर्ने कोष उपलब्ध गराउनु पर्ने सहित धेरै सिफारिसहरू गरेको थियो ।
तत्कालिन प्रधानमन्त्री जोन होवार्डले माफी माग्न अस्विकार गरे ।