सन्दर्भ : राष्ट्रिय रक्तदान सप्ताह, तास्मानियामा पनि रक्तदान कार्यक्रम गरिदै

सन्दर्भ : राष्ट्रिय रक्तदान सप्ताह, तास्मानियामा पनि रक्तदान कार्यक्रम गरिदै
नेपालआईज
१३ जेठ २०७९ १३:५४

लनचेस्टन । राष्ट्रिय रक्तदान सप्ताहको अवसरमा प्रवासी नेपाली मञ्च तास्मानीयाले जुन १३ देखि साताव्यापी रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । सङ्घका तास्मानीया संयोजक मुगेन्द्र गौतमका अनुसार रक्तदानका लागि अग्रिम नाम दर्ता गर्नुपर्छ ।

यदि तपाई  तास्मानियामा बस्नुहुन्छ र  रक्तदान गरेर कसैको जीवनलाई  बचाउन  चाहनुहुन्छ भने तास्मानियाको होबार्ट डोनर सेन्टरका लागि फोन नंम्बर ०४२६४२२०५१ मा केराज खनाल  र  लनचेस्टन डोनर सेन्टरका लागि ०४१५३७२१९२  नंम्बरमा  मुगेन्द्र गौतमलाई सम्पर्क गरि आप्नो नाम दर्ता गराउन संघका उपाध्यक्ष केराज खनालले आग्रह गरेका छन् । 

अस्ट्रेलियामा जुन १३ देखि १९ लाई राष्ट्रिय रक्दान सप्ताहको रुपमा मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको