एनटिएसए फुटसल च्याम्पियनसिपको उपाधि पोखरा एघारलाई

एनटिएसए फुटसल च्याम्पियनसिपको उपाधि पोखरा एघारलाई
नेपालआईज
१५ जेठ २०७९ २२:२७

तास्मानिया । नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसनद्वारा आयोजित एनटिएसए फुटसल च्याम्पियनसिपको उपाधि पोखरा ११ ले हात पारेको छ ।

सहभागी ११ टिम मध्ये पोखरा एघार र तिलिचो फुटबल क्लब फाइनलमा पुगेका थिए। उक्त रोचक प्रतिस्पर्धामा बलियो प्रस्तुति दिंदै पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल भयो।

त्यसैगरी, फुटसल प्रतियोगितामा प्रवेश आले उत्कृष्ट खेलाडी, अत्यधिक गोलकर्ता घन कोइराला, उत्कृष्ट किपर कुमार थापा र फेयर प्ले टिम तासी डेभिलले प्राप्त गरे। फुटसल प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा र कर्पोरेट तथा सामाजिक संस्थाबीचको प्रतिस्पर्धा समेत रहेको थियो। 

सहभागी ११ टिम मध्ये पोखरा एघार र तिलिचो फुटबल क्लब फाइनलमा पुगेका थिए। उक्त रोचक प्रतिस्पर्धामा बलियो प्रस्तुति दिंदै पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल भयो। त्यसैगरी, फुटसल प्रतियोगितामा प्रवेश आले उत्कृष्ट खेलाडी, अत्यधिक गोलकर्ता घन कोइराला, उत्कृष्ट किपर कुमार थापा र फेयर प्ले टिम तासी डेभिलले प्राप्त गरे। फुटसल प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा र कर्पोरेट तथा सामाजिक संस्थाबीचको प्रतिस्पर्धा समेत रहेको थियो। 

आयोजक संस्था एनटिएसएले खेल मार्फत समुदायको एकता तथा समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले आयोजित प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने खेलाडी, प्रायोजक संस्था, सामुदायिक संस्था, स्वयंसेवक लगायत सम्पूर्णप्रति आभार व्यक्त गरेको छ। 

मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक अरुण चित्रकारले प्रतियोगिता निष्पक्ष तरिकाले आयोजनाको उद्देश्य अनुरुप नै सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले युवा तथा समुदायको हितका निम्ति आफूहरु यस्ता कार्यक्रममा हातेमालो गर्न सधै तयार रहेको समेत बताउनुभयो। 

एनटिएसएका सचिव सुरज श्रेष्ठले मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजप्रति विशेष आभार व्यक्त गर्नुभयो। उहाँले गोल्ड स्पोन्सर द चोक र यस स्टडी वर्ल्ड, सिल्भर स्पोन्सर मुनलाइट मुनलाइन सुपरमार्केट, अवार्ड स्पोन्सर मेभन कन्सल्टिंग ग्रुपलाई धन्यवाद दिंदै सबैको साथ र सहयोगले नै प्रतियोगिता आयोजनाका लागि सहज भएको उल्लेख गर्नुभयो। 

प्रतियोगिताका विजयी टिमलाई १ हजार डलर र उपविजेता टिमलाई ५ सय डलर नगद पुरस्कार प्रदान गरिएको एनटिएसएले जनाएको छ। त्यसैगरी, फेयर प्ले टिम, टप स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई १००/१०० डलर नगद पुरस्कार प्रदान गरिएको छ।

ग्लोबल मार्क एजुकेसन एण्ड भिजा सर्भिसेजको मूख्य प्रायोजनमा आयोजित प्रतियोगिता शनिबार पुरस्कार वितरणसंगै समापन भएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको