अस्ट्रेलियामा दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि, कोल्स र उलवर्थले  मूल्य बढाए

अस्ट्रेलियामा दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि, कोल्स र उलवर्थले  मूल्य बढाए
नेपालआईज
२० जेठ २०७९ ९:४७

सिड्नी । अस्ट्रेलियाको काेल्समा भारी मूल्य वृद्धि हुने भएको  छ । कोल्सका प्रमुख कार्यकारीले आपूर्तिकर्ताहरूले पाँच गुणा मूल्य वृद्धिका लागि आग्रह गरेको खुलासा गरेका छन्  ।

कोल्सले मुल्य बढाउने चेतावनी आउनु अगाबै ३.२ प्रतिशत र उलवर्थले ४.३ प्रतिशतले मुल्य बढाएको  तथ्याङ्कले देखाएको छ ।

यता  पसलहरूलाई किराना मूल्यहरूमा अर्को ठुलो मूल्य वृद्धिको चेतावनी दिइएको छ। कोल्सका प्रमुख  स्टीभन केनले यसै हप्ता अस्ट्रेलियाको ग्लोबल फुड फोरममा सुपर मार्केटका आपूर्तिकर्ताहरूले स्थानीय र अन्तर्राष्ट्रिय कारण बढ्दो लागतहरू पुरा गर्न ठुलो मूल्यवृद्धिको अनुरोध गरेको बताए । केनले यो सानो सानो मूल्यवृद्धि नभएको समेत बताए । 

आपूर्तिकर्ता लागत वृद्धिको असर उपभोक्तामा कस्तो पर्ने स्पष्ट  नभए पनि २०२२ मा  उपभोक्ता मूल्यमा पहिले नै पर्याप्त वृद्धि भएको छ। लगानी बैङ्क युबीएसको डाटाले मार्च क्वार्टरमा उलवर्थले खाद्य मूल्यहरू ४.३ प्रतिशतले वृद्धि गरेको तथा  जबकि कोल्सले ३.२ प्रतिशतले वृद्धि गरेको देखाउँछ ।

 बढ्दो ब्याजदर र वास्तविक ज्याला घट्दै गएको कारण  यसले हाउसहाेल्ड बजेटमा असर गरिरहेको छ। उलवर्थले कोभिड र प्रतिकुल मौसमका कारण फलफूल र तरकारी  भण्डारण गर्न नसकेको जनाएको थियो ।  तर केनले मासुको मूल्य स्थिर रहने बताए ।  केनले ग्लोबल फुड फोरममा अस्ट्रेलियाको तथ्याङ्क ब्युरोको तथ्याङ्कले मार्च २०२२ सम्ममा ६.२ प्रतिशतले वृद्धि भएको देखाएको कारण मासुको मूल्य चाँडै नै स्थिर  हुन सक्ने  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको