छत्र शंकर । अस्ट्रेलियाको सङ्घीय चुनावमा लेबरले ऐतिहासिक जीत हात पारेपछि आफ्नो मन्त्रिपरिषद् समावेशी बनाएको छ । २३ सदस्य मन्त्रिपरिषद मध्ये महत्त्वपूर्ण दश मन्त्रालयको जिम्मा महिलालाई दिइएको छ भने आदिवासी देखि मुस्लिम महिलालाई पनि मुख्य मन्त्रालयको जिम्मा दिएको छ ।
लेबरको समावेशी सरकार बनेपछि प्रतिपक्षी दल लिबरलले पनि २४ सदस्य छाया मन्त्री मध्ये १० जना महिला समेटिएका छन् । यसले के देखिन्छ, भने सरकार परिवर्तन भएसंगै दुइ दल महिलालाई जिम्मेवारी दिन उदार देखिएका छन् ।
लेबरको समावेशी मन्त्रिपरिषद
अस्ट्रेलियन प्रधानमन्त्री एन्थनी अल्बानिजीले मन्त्रिपरिषद् र मन्त्रालयहरूमा महिलालाई प्राथमिकतामा राखेका छन् । उनले अधिकांश महिलाहरूलाई उच्चस्तरीय जिम्मेवारी दिएका छन् ।
एन्ने गलाइ अस्ट्रेलियाको मन्त्रालयमा काम गर्ने पहिलो मुस्लिम महिला बनेकी छन् । उनले प्रारम्भिक बाल शिक्षा र युवा मन्त्रीको रूपमा बाह्य मन्त्रालयको भूमिका निर्वाह गर्नेछिन् ।
अल्बानिजीले २३ सदस्य मन्त्रिमण्डलमा १० महिलालाई मुख्य मन्त्रालयको जिम्मा दिएका छन भने अस्ट्रेलियाको इतिहासमै पहिलो पटक मुस्लिम महिलालाई मन्त्री बनाएका छन् ।
पेन्नी ओङलाई विदेश मन्त्री तथा क्लेर ओ’निललाई गृह मामिला र साइबर सुरक्षाको पदमा बढुवा गरिएको छ । केट्टी गालाघरलाई अर्थ मन्त्रीसहित सार्वजनिक सेवा र महिला मन्त्री बनाइएको छ । तान्या प्लिबरसेक वातावरण तथा पानी मन्त्री बन्ने भएकी छन् ।
लिन्डा बर्नी आदिवासी अस्ट्रेलियाली मन्त्रीको रूपमा सपथ लिँदा अस्ट्रेलियाको क्याबिनेटमा सेवा गर्ने पहिलो आदिवासी महिला हुनेछिन् । यता सिनेटर प्याट्रिक डडसनले मेलमिलाप र कार्यान्वयनका लागि विशेष दूतको रूपमा काम गर्नेछिन् ।
मलारन्डिरी म्याकार्टी आदिवासी अस्ट्रेलियाका लागि सहायक मन्त्री र आदिवासी स्वास्थ्य सहायक मन्त्री बन्ने भएकी छन् । अमान्डा रिसवर्ड सामाजिक सेवा मन्त्री बनेकी छन् । अर्कोतर्फ उपप्रधानमन्त्री रिचर्ड मार्ल्सलाई रक्षा मन्त्री तथा जिम चाल्मर्स कोषाध्यक्ष बनेकी छन् ।
बिल शर्टेन एनडीआइएस मन्त्री र सरकारी सेवा मन्त्री बन्दा मार्क ड्रेफस महान्यायाधिवक्ताको रूपमा कायम रहने छन् ।
एड हसिक उद्योग तथा विज्ञान मन्त्री टोनी बर्क सदनको नेताका साथै रोजगार र कार्यस्थल सम्बन्ध र कला मन्त्री हुनेछन् । यता मार्क बटलर स्वास्थ्य र वृद्ध हेरचाह मन्त्री बन्नेका छन् ।
क्रिस बोवेन जलवायु परिवर्तन र ऊर्जा मन्त्री तथा क्याथरिन किङ पूर्वाधार, यातायात र क्षेत्रीय विकास र स्थानीय सरकार मन्त्री बन्ने भएका छन् । ब्रेन्डन ओ’कोनर सीप तथा तालिम मन्त्री र जेसन क्लेयर शिक्षा मन्त्री भएका छन् ।
जुली कोलिन्स होमलेसनेस तथा स्मल विजनेस मन्त्री, मिशेल रोल्यान्ड सञ्चार मन्त्री र मेडलिन किंग संसाधन मन्त्री र उत्तरी अस्ट्रेलियाको मन्त्री बनेका छन् ।
सिनेटर मुरे वाट कृषि, मत्स्यपालन र वन मन्त्री र आपत्कालीन व्यवस्थापन मन्त्री बन्दा डन फरेल व्यापार तथा पर्यटन मन्त्री बनेका छन् ।
छाया सरकारमा पनि दश जना महिला समेटिए
पिटर डट्टनको २४ छाँया मन्त्रीमध्ये १० जना महिला हुने भएका छन् । लिबरल पार्टीको नेतामा निर्वाचित भएपछि डट्टनले आइतबार दिउँसो छाया मन्त्री घोषणा गरेका हुन् । उनले सकेसम्म बढी भन्दा बढी महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउने बताए । उनले उपनेता सुसान लेलाई विपक्षी उद्योग प्रवक्ताको रूपमा नियुक्त गरेका छन् । कारेन एन्ड्रयूज (गुह), जाने ह्युम (अर्थ), साराह हेन्डरसन (सञ्चार), एन्ने रस्टन (स्वास्थ्य तथा वृद्ध हेरचाह) तथा माइकालिया क्यास (रोजगार) लाई मुख्य जिम्मेवारी दिइएको छ । पूर्व उद्योग मन्त्री एन्गस टेलरलाई छाया कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।