तास्मानिया । अस्ट्रेलियाको पूर्वी तटमा एक हप्तासम्म अत्यधिक चिसो हुने भएको छ । पहाडी क्षेत्रमा हिउँ परेका कारण चिसो बढ्ने बताइएको छ ।
साउथ अस्ट्रेलिया, भिक्टोरिया, न्यू साउथ वेल्स, तास्मानिया, क्यानवेरामा सोमबारसम्म चिसो हावाको प्रभाव देखिने छ ।
स्काई वेदरले जनाए अनुसार ध्रुवीय हावाको कारण देशको दक्षिण पूर्वी क्षेत्रमा चिसो बढेको हो । स्काई वेदरले हप्ताको अन्त्यबाट दक्षिण पूर्वी क्षेत्रतर्फ पुनः चिसो बढ्ने जनाएको छ । अल्पाइन क्षेत्रको अवस्था झन् बढी खराब हुने बताइएको छ ।
आइतबार पश्चिमी वायुसँगै भारी वर्षाको सम्भावना रहेको छ । अर्को हप्तासम्म मौसम खराब रहिरहने जनाइएको छ ।
तास्मानियामा समुद्री हावाको चेतावनी