लनचेस्टन । तास्मानियाको लनचेस्टन स्थित कर्नरको बाथर्स्टमा सडक पार गर्ने क्रममा गुडिरहेको सवारी साधनले ठक्कर दिँदा एक जना नेपाली सामान्य घाइते भएका छन् ।
डेनमर्फिमा काम सकेर सडक पार गरिरहेका उनलाई वेलिङ्टन तर्फ गुडिरहेको सवारीले ठक्कर दिएको थियो । घटना लगतै उनलाई उपचारका लागि लनचेस्टन जेनेरल अस्पताल पुर्याइएको थियो । उनको आकस्मिक कक्षमा राखी उपचार भइरहेको छ । उनलाई वाँया खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको उनले नेपाल आईजलाइ बताए ।
घटना सुन्दा काठमाडौं स्थित परिवारमा तनाव हुने भन्दै उनले आफ्नो पुरा नाम सामाजिक सञ्जाल तथा मिडियामा प्रकाशन नगर्न अनुरोध गरेका छन् । घटना बुधवार बिहान ११ बजे भएको थियो ।
यसैबीच गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानियाका संयोजक राकेश शाक्य र नेपाली सोसाइटी अफ नदर्न तास्मानियाका अध्यक्ष प्रशान्त खनालले पनि लनचेष्टनमा एक नेपाली सडक दुर्घटनामा परेको र अवस्था सामान्य रहेको पुष्टि गरे ।