एजेन्सी । अस्ट्रेलियाका एक यात्रुलाई अमेरिका प्रवेशमा रोक लगाइयो, अपराधीहरूसँगै जेलमा पठाइयो र प्रवेशको ३० घण्टापछि उनलाई डिपोर्ट गरियो । खासमा २३ वर्षीय ज्याक डुनलाई अमेरिका प्रवेशका बारेमा राम्रो ज्ञान नभएका कारण उनी डिपोर्ट गरिएका हुन् ।
भिक्टोरिया निवासी ज्याकले मे महिनामा अमेरिकाको आफ्नो यात्राको लागि भिसा छूटका लागि आवेदन दिए र मेक्सिको जाने योजना बनाए । तर उसलाई अमेरिकाबाट बाहिर जानका लागि आफ्नो योजना प्रमाणित गर्नुपर्ने आवश्यकताको बारेमा चेतावनी दिइएको थियो । जानुअघि यात्रुले फर्किने टिकट पहिल्यै खरिद गरेको वा अमेरिकाको सीमा नभएको देशमा यात्रा गर्नुपर्ने नियम रहेपनि ज्याक यसबारे अनजान थिए ।
जसका कारण होनोलुलुमा आएपछि ज्याकलाई अमेरिका प्रवेशमा रोक लगाइयो तथा पक्राउ गरेर उनलाई सङ्घीय कारागारमा राखियो र त्यसपछि उनलाई अस्ट्रेलियाको विमानमा राखियो । विदेश मामिला र व्यापार विभागले धेरै अस्ट्रेलियनहरुलाई यस नियमका कारण पक्राउ गरी सीमामा फिर्ता पठाइएको पुष्टि गरेको छ ।
ज्याकले पक्राउपछि आफूलाई ‘प्यानिक अट्याक’ भएको बताए । उनले लामो समयदेखि यात्राका लागि रकम वचत गर्दै आएका थिए । उनको योजना भनेको एनबीएको प्लेअफ हेर्नु तथा मेक्सिको र अमेरिकाको भ्रमण गर्नु रहेको थियो ।
The Guardian प्रकाशित समाचारको अनुवाद ।