तास्मानिया । तास्मानियाको होबार्टमा यही जुन २४ गतेका दिन नेपालको पपुलर ब्याण्ड रबिन एण्ड द रिभोलुसनको कन्सर्ट हुने भएको छ ।
कन्सर्ट होबार्टको मुना आर्टस् सेन्टर, अल्बर्ट रोड मुनामा हुने आयोजकले जनाएको छ ।
प्रवेश शुल्क अस्ट्रेलियन डलर २५ तोकिएको उक्त कन्सर्टमा प्रवेशका लागि १८ बर्ष पुगेको आइडी देखाउनु पर्नेछ । कन्सर्ट बेलुका ५ बजेदेखि सुरु हुनेछ ।
आयोजकका अनुसार उक्त कन्सर्टमा स्थानीय अर्थ व्याण्ड लगायत अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।