अस्ट्रेलियाका मजदुरहरुको आम्दानी बढ्यो, प्रतिघण्टा २१.३८ डलर कायम

अस्ट्रेलियाका मजदुरहरुको आम्दानी बढ्यो, प्रतिघण्टा २१.३८ डलर कायम
नेपालआईज
१ असार २०७९ ४:१९

अस्ट्रेलिया । अस्ट्रे्लियामा निम्न ज्यालामा काम गर्ने मजदूरहरुको न्यूनतम आम्दानी ५ दशमलब २ प्रतिशतका दरले बढेको छ । बुधबार फेयरवर्क कमिसनले गरेको नयाँ निर्णयअनुसार अब न्यूनतम आम्दानी गर्नेहरुले प्रतिघण्टा १ दशमलब ०५ डलर बढि ज्याला पाउनेछन् ।
यसअघि अस्ट्रेलियामा न्यूनतम आम्दानी प्रतिघण्टा २० दशबलम ३३ अस्ट्रेलियन डलर तोकिएको थियो, यो बढेर २१ दशमलब ३८ कायम गरिएको छ ।
गत महिनाको स्थानीय निर्वाचनमा लेबर पार्टीका एन्थोनी अल्बानीजीले आफूले निर्वाचन जिते निम्न आम्दानी भएकाहरुको तलब वृद्धि गर्ने घोषणा गरेका थिए । अल्बानीजी प्रधानमन्त्री भएलगत्तै फेयरवर्कसँग ज्याला वृद्धि गर्न समन्वय गरेका थिए ।
फेयरवर्कको यो निर्णयले करिब ३ करोड अस्ट्रेलियनहरु लाभान्वित हुनेछन् । यो निर्णय जुलाई १ बाट लागु हुनेछ ।
‘यो निर्णयले बढ्दो मुद्रास्फिती र मूल्यवृद्धिले प्रभावित भएका न्यून स्तरका मजदूरहरुलाई जीवन यापन गर्न केही मात्रामा सहज हुनेछ,’ प्रधानमन्त्री अल्बानिजीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको