तास्मानियाको लञ्चेस्टनमा नेपाली अभिभावकहरुको बनभोज

तास्मानियाको लञ्चेस्टनमा नेपाली अभिभावकहरुको बनभोज
नेपालआईज
१ असार २०७९ ३:५०

तास्मानिया । तास्मानिया राज्यको लञ्चेस्टनमा नेपालबाट बिभिन्न योजनाका साथ तास्मानिया आउनुभएका अभिभावकहरुलाई लक्षित गरी बनभोजको आयोजना गरिएको छ ।
लञ्चेस्टनको ट्रेभालिनस्थित हो हो हटमा यही २५ गतेका दिन ओभरसिज नेपाली फोरमको आयोजनामा बनभोज हुन लागेको हो ।
विगतमा तास्मानियाका छुट्टा छुट्टै शहरहरुमा भिन्ना भिन्नै बनभोजको आयोजना भएतापनि तास्मानिया राज्यभरिका अभिभावकहरुलाई समेटेर बनभोज आयोजना गरिएको यो पहिलो पटक हो ।
‘लञ्चेस्टन सबैजसोलाई पायक पर्ने ठाउँ भएर हामीले यो ठाउँलाई छानेका हौं,’ आयोजक मुगेन गौतमले नेपाल आइजलाई बताए ।
होबार्ट, डेभोनपोर्टबाट लगायत तास्मानियाका अन्य शहरहरुबाट आउन चाहने अभिभावकहरुलाई लञ्चेस्टन आउने र आआफ्नो घर फर्किनको लागि यातायातको समेत व्यवस्था गरिएको छ ।
आयोजकले विगतका बर्षहरुदेखि नै तास्मानियामा बसोबास गर्ने नेपालीहरुलाई केन्द्रीत गरी विभिन्न सामाजिक कार्यक्रमहरु गर्दैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको