अस्ट्रेलियामा आवास सङ्कट समाधान  गर्न कडा मेहनत गरिरहेका छौँ -प्रधानमन्त्री अल्वानीजी

अस्ट्रेलियामा आवास सङ्कट समाधान  गर्न कडा मेहनत गरिरहेका छौँ -प्रधानमन्त्री अल्वानीजी
नेपालआईज
८ असार २०७९ १३:४६

होबार्ट ।  प्रधानमन्त्री बनेपछि  पहिलोपटक बुधवार तास्मानियाको होबार्ट आएका अस्ट्रेलियाका प्रधामन्त्री एन्थोनी अल्वानीजीले  देशभर देखिएको आवास सङ्कट समाधानका लागि सरकारले कडा मेहनत  गरिरहेको बताएका छन् ।

आवास मन्त्री जुली कोलिन्ससंगै  देखिएका प्रधानमन्त्री अल्वानीजीले होबार्टमा ३ हजार सामाजिक र किफायती घरहरू  निर्माण गर्ने प्रतिवद्ता जनाए । उने भने, ‘हामी घर निर्माणसंगै समुदाय  निर्माणमा जुटेकाछौ ।  किनकि सबै जना सुरक्षित आवासको हकदार छन्।’ 

अल्वानिजीले  अस्ट्रेलिया र तास्मानियाली सरकारहरूबाट  प्राप्त  रकले   निर्माण भइरहेको  सेन्टरकेर इभोल्भ हाउसिङ परियोजनाको भ्रमण  पनि भ्रमण गरेका थिए । 

प्रधानमन्त्रीको होबार्ट भ्रमणमा   सिनेटर क्यारोल ब्राउन र सिनेटर क्याट्रिना बिलिक पनि सहभागी थिए ।  होबार्ट लगायत तास्मानियाका सबै क्षेत्रमा आवास समस्या बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको