होबार्ट । प्रवासी नेपाली मञ्च तास्मानियाले होबार्टमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा समुदायका विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए ।
मञ्चका तास्मानिया उपाध्यक्ष केराज खनालका अनुसार नौ जनाले रक्तदान गरेका थिए । जसमध्ये केराज खनाल, गुरपेन्द्र गायन र पुष्पराज आचार्यले प्लाज्मा दान गरेका थिए । साथै ,राज जोशी,नितेन गुरुङ,निश्चल डल्लाकोटी,स्वस्तिका थापा, स्वासत श्रेष्ठ र रमेश महाराज सिंहले रक्तदान गरेको उपाध्यक्ष खनालले बताए ।
साथै लनचेस्टनमा भने जुलाईको अन्तिम सातामा रक्तदान कार्यक्रम आयोजना गरिने भएकाले रक्तदान गर्न इच्छुकहरुले सम्पर्क गर्न मन्चका अध्यक्ष मुगेन गौतमले आग्रह गरेका छन् ।