अस्ट्रेलियाको बहुसांस्कृतिक अनुहार, नेपालीको जनसङ्ख्या १ लाख २० हजार नाघ्यो

अस्ट्रेलियाको बहुसांस्कृतिक अनुहार,  नेपालीको जनसङ्ख्या १ लाख २० हजार नाघ्यो
नेपालआईज
१४ असार २०७९ १२:२६

क्यानवेरा ।   आधाभन्दा बढी अस्ट्रेलियनहरू पहिलो वा दोस्रो पुस्ताका आप्रवासीहरू रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा मङ्गलवार सार्वजनिक भएको सन् २०२१ को जनगणनाको नतिजा अनुसार ४८.२ प्रतिशत अस्ट्रेलियनहरूको अभिभावक विदेशमा जन्मेको र २७.६ प्रतिशत अस्ट्रेलिया बाहिर जन्मिएको देखाएको छ ।

यसैबिच, घरमा अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने मानिसहरूको सङ्ख्या झन्डै ८ लाखले बढेर ५.५ मिलियन भन्दा बढी पुगेको छ । २०२१ को जनगणनाले अस्ट्रेलियामा विदेशी आगन्तुकहरू बाहेक २ करोड ५४ लाख २२ हजार ७ सय ८८ मानिसहरूको गणना गर्‍यो र यसले सांस्कृतिक विविधता, परिवार र घरहरू र महामारीको समयमा देश कसरी परिवर्तन भयो लगायतका क्षेत्रहरूमा जानकारी प्रदान गर्दछ ।सन् १९७१ को जनगणनाले १ करोड २४ लाख ९३ हजार १ मानिसहरूलाई समेटेकोमा ५० वर्ष पछि पहिले गणना गरिएको सङ्ख्या भन्दा दोब्बर भएको छ ।

भारत तेस्रो ठुलो जन्म हुने देश बनेको छ

अस्ट्रेलिया बाहिर जन्मेका मानिसहरूको जन्म देशमा सबैभन्दा ठुलो वृद्धि भारत रह्यो । भारतले चीन र न्यूजील्याण्डलाई पछि पार्दै अस्ट्रेलिया र इंग्ल्यान्डपछि तेस्रो ठुलो जन्म भएको देश बन्न पुगेको छ । २०२१ को जनगणनामा भारतमा जन्मेका थप २ लाख १७ हजार ९ सय ६३ जनालाई गणना गरिएको थियो। थप ६७ हजार ७ सय ५२ जनाको जन्म भएको आधारमा नेपालमा दोस्रो ठुलो वृद्धि भएको छ । तथ्यांकअनुसार सन् २०१६ यता नेपाली मूलका अस्ट्रेलियामा बसोबास गर्नेहरूको सङ्ख्या १२३.७ प्रतिशतले बढेर दोब्बर भएको छ ।

भाषिक विविधता बढ्दै

घरमा अङ्ग्रेजी बाहेक अन्य भाषा प्रयोग गर्ने मानिसको संख्या सन् २०१६ देखि झन्डै ८ लाखले बढेर ५.५ मिलियन (५६ लाख ६३ हजार ७ सय ९) पुगेको छ । यस समूहका लगभग ८ लाख ५० हजारले बताएकी उनीहरुले अंग्रेजी बोल्दैनन् वा राम्रोसँग बोल्दैनन् ।
अंग्रेजी बाहेकपछि मन्डारिन घरमा सबै भन्दा बढी प्रयोग हुने भाषा हो भने त्यसपछि अरबी भाषा हो । पञ्जाबीमा सबैभन्दा धेरै वृद्धि भएको थियो । तथ्यांक अनुसार २ लाख ३९ हजार भन्दा बढी मानिसहरूले घरमा पञ्जाबी प्रयोग गर्छन्, जुन २०१६ पछि ८० प्रतिशतले बढेको छ ।
जनगणना तथ्याङ्कले २ सय ५० भन्दा बढी पुर्खा र ३ सय ५० भाषाहरूको जानकारी सङ्कलन गरेको छ ।

विदेशमा जन्मिने बासिन्दाको सङ्ख्या बढ्दै

जनगणनाले सांस्कृतिक विविधता, जन्मको देश, वंश, र घरमा प्रयोग हुने भाषाहरूको तथ्याङ्क उपलब्ध गराएर अस्ट्रेलिया बन्ने संस्कृति र भाषाहरूको विवरण प्रदान गर्ने लक्ष्य राखेको छ । सन् २०१७ देखि २०२१ सम्म १० लाख २० हजार ७ मानिस अस्ट्रेलिया आए जसले पहिलो वा दोस्रो पुस्ताका बासिन्दाहरूको अनुपात बढेर ५१.५ प्रतिशत पुर्‍याएको छ ।

कोभिड-१९ महामारीको समयमा नयाँ आप्रवासीहरूमा कमी

अस्ट्रेलियाले २०१७ यता १० लाख नयाँ आप्रवासी (१० लाख २० हजार ७) लाई स्वागत गरेको भए पनि ती मध्ये अधिकांश कोभिड-१९ महामारी अघि आइपुगेका थिए । आगमनको वर्षको जनगणना तथ्याङ्कले के देखाउँछ भने २०१७ र २०१९ को बिचमा तीन वर्षको अवधिमा ८ लाख ५० हजार भन्दा बढी मानिसहरू आइपुगे ।  यसको विपरीत २०२० र २०२१ महामारी वर्षहरूमा आगमन सङ्ख्या १ लाख ६५ हजारमा घट्यो ।

अस्ट्रेलियामा परिवारहरूको परिवर्तित अनुहार

पहिलो पटक जनगणनाले १० लाख भन्दा बढी एकल-अभिभावक परिवार (१० लाख ६८ हजार २ सय ६८) रहेको देखाएको छ,  जसमध्ये ती आमाबाबुमध्ये प्रत्येक पाँच मध्ये चार जना महिला थिए । २०२१ को जनगणनाले ५.५ मिलियन भन्दा बढी दम्पती परिवारहरू गणना गरेको छ, जसमध्ये ५३ प्रतिशत उनीहरूसँग बस्ने बच्चाहरू छन् र ४७ प्रतिशतको छैनन् ।  २०१६ मा जनगणनाले ५५ वर्ष भन्दा माथिका लगभग १ लाख ४० व्यक्तिहरूको वृद्धि भएको देखाएको छ जसले अन्य मानिसहरूका बच्चाहरूको हेरचाह गर्छन् । उक्त सङ्ख्या ८ लाख २५ हजार रहेको छ । जबकि  २०२१ मा त्यो सङ्ख्या ५० हजारले घटेर ७ लाख ७५ हजार भन्दा कम थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको