सिड्नी । लगातार तीन दिनदेखी परिरहेको अबिरल बर्षाकाकारण अस्ट्रेलियाको सिड्नीमा भीषण बाढी गएको छ । बस्तीमा पसेको बाढीका कारण हजारौं नागरिकहरु घरबारविहीन भएका छन् ।
आकस्मिक सेवा विभागका अनुसार हालसम्म करिब ३२ हजार मानिसहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ भने १०० जना भन्दा बढि सैनिकहरु उद्दारमा खटिएका छन् ।
हालसम्म करिब ८० जनाको उद्दार गरिएको विभागले जनाएको छ ।
बस्तीमा पसेको बाढीका कारण हालसम्म एकजनाले ज्यान गुमाइसकेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाटाहरु पानीले डुबेका छन् भने घरभित्र पानी पसेर जनजीवन तहस नहस बनेको छ ।
न्यू साउथ वेल्सको न्यू क्यासल, विन्डसोर, हन्टर, इलावारा लगायतका सवअर्बहरुका बासिन्दाहरुलाई सतर्कता अपनाउन स्थानीय निकायले आग्रह गरेको छ ।