सिड्नी । कोभिड महामारीका कारण अस्ट्रेलियामा मृत्यु हुनेको संख्या १० हजार कटेको छ । जनवरी २०२० बाट अस्ट्रेलियामा कोभिड महामारी सुरु भएको थियो ।
फेडेरल हेल्थ डिपार्टमेन्टले अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३९ पुगेको जनाएको छ ।
डिपार्टमेन्टको आधिकारिक वेवसाइटका अनुसार हालसम्म अस्ट्रेलियामा ३ हजार ५ सय ११ जना कोभिडका कारण हस्पिटलमा छन् भने १ सय १८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा छन् ।
अस्ट्रेलियामा हालसम्म ८१ लख ५६ हजार ८ सय २९ जनालाई कोभिड लागेको छ ।