अस्ट्रेलियाको रिजर्भ बैंकले फेरी बढायो व्याजदर

अस्ट्रेलियाको रिजर्भ बैंकले फेरी बढायो व्याजदर
नेपालआईज
२२ असार २०७९ २:१०

तास्मानिया । अस्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलियाले बढ्दो मुद्रास्फितीलाई नियन्त्रणमा ल्याउन भन्दै मंगलबार देखि नगद दर ० दशमलब ५ प्रतिशतले बढाएर १ दशमलब ३५ प्रतिशतमा पुर्याएको छ । यसरी दर बढाइएको एक महिनाको अवधिमा तेश्रो पटक हो ।
विज्ञहरुले आगामी महिनाहरुमा यो दर बढेर २ दशमलब ६ प्रतिशतसम्म पुग्ने चेतावनी दिएका छन् ।
रिजर्भ बैंकका गभर्नर फिलिप लोले मुद्रास्फिती नियन्त्रणको लागि ब्याजदर बढाउनु परेको प्रतिक्रिया दिएका छन् ।
सामान्य अर्थमा नगद दर बढ्नुको अर्थ नागरिक तथा व्यवसायीहरुको उधारो लागतमा वृद्धि हुनु हो । यसले गर्दा, नागरिक अथा व्यवसायीहरुले विभिन्न बैंकबाट विभिन्न शीर्षकमा लिएको ऋणको व्याजदर बढ्न जान्छ ।
रिजर्भ वैंकको निर्णय लगत्तै जुलाई १५ बाट लागु हुने गरी घरजग्गा खरीदमा अधिकतम ऋण दिने कमनवेल्थ वैंकले पनि घरजग्गाको ऋणदर ० दशमलब ५ प्रतिशतले बढाइसकेको छ ।
उदाहरणको लागि कमनवेल्थ वैंकको नयाँ ऋण दर अनुसार ६ लाख अस्ट्रेलियन डलरको प्रोपर्टी किन्ने व्यक्तिले एक महिनामा १ सय ६३ डलरले बढि तिर्नुपर्छ ।
ऋण दरमा ल्याइएको वृद्धिका कारण मानिसहरुले पैसा खर्च नगर्ने र सेभिङ गर्ने हुँदा पैसा होल्ड हुने र अस्ट्रेलिया ठूलो आर्थिक मन्दीमा जान सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको