अस्ट्रेलियाको सरकारले स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरी (सबक्लास १८९) भिसामा ठूलोमात्रमा आप्रवासी कामदार भित्र्याउने भएको छ । रोजगारदाता-प्रायोजित माइग्रेसनबाट अपर्याप्त माग भएका कारण २०२२-२३ मा स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरी उपलब्ध गराइने भएको हो । सन् २०१३-१४ मा ४४ हजार ९ सय ८४ स्किल्ड इन्डिपेन्डेन्ट भिसाहरू प्रदान गरिएपनि २०२१-२२ मा ६ हजार ५ सय स्किल्ड इन्डिपेन्डेन्ट भिसामा प्रदान गरिएको थियो । स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरीले अस्ट्रेलियालाई आप्रवासी बसोबास गर्ने देशका रूपमा चित्रण गर्ने छ ।
स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरी (सबक्लास १८९) भिसा के हो यहाँ हेर्नुहोस ।