मेलबर्नमा घरको मूल्य अझै घट्छ ? अहिले घर किन्नेहरू पछि पछुताउनु त पर्दैन् !

छत्र शंकर – मेलबर्नमा घरको मूल्यमा भारी गिरावट आएको छ । ब्याज दरहरू बढ्दै गएका कारण भित्री सहरहरुमा रहेका घरहरुको मूल्य सबैभन्दा बढी घटेको नयाँ तथ्याङ्कले देखाएको छ ।
मेलबर्नमा घट्दो घरको मूल्य
| Darebin – South | Melbourne – Inner | $1,657,679 | −6.1% |
| Port Phillip | Melbourne – Inner | $1,989,824 | −5.9% |
| Essendon | Melbourne – Inner | $1,614,575 | −4.2% |
| Glen Eira | Melbourne – Inner South | $1,728,938 | −5.1% |
| Stonnington – East | Melbourne – Inner South | $2,638,646 | −4.5% |
प्रोपर्टी मार्केटको मूल्यमा गिरावट आगामी १२ महिनासम्म जारी रहने भविष्यवाणी गरिएको छ । पछिल्लोपटक अस्ट्रेलियाको रिजर्भ बैङ्कले व्याजदर ०.५ प्रतिशत अङ्कले बढाएपछि घर खरिद बजेटमा थप दबाब बढेको छ ।
घरको मूल्यमा सबैभन्दा ठुलो गिरावट दक्षिण सांख्यिकीय क्षेत्र भएको डारेविनमा भएको छ र यस क्षेत्रमा नर्थकोट र थोर्नबरी रहेका छन् । यस क्षेत्रमा जुनको त्रैमासिकमा ६.१ प्रतिशतले घटेको कोरलजिक तथ्याङ्कले देखाएको छ । त्यसै गरी, पोर्ट फिलिपमा ५.९ प्रतिशत, ग्लेन इरामा ५.१ प्रतिशतले साथै माल्वरन र ग्लेन आइरिसमा ४.५ प्रतिशतले घटेको छ । ब्याज दर बढेपछि मेलबर्नको घर जग्गाको अवस्था कस्तो छ ? पढौं मेलबर्नमा सक्रिय रियल स्टेट एजेन्टहरूको विश्लेषण ।
रायन गैरे , रियल स्टेट एजेन्ट
युनिभर्सल रियल स्टेट, क्रेगीवर्न मेलबर्न
बढेको ब्याजदरले खरिदकर्ताको ऋण लिने क्षमता घटेको छ । ३ महिना अघि ७ लाखको सम्पत्ति किन्न सक्ने खरिदकर्ताले ऋण क्षमता घटेको कारण ६ लाख ५० हजारको सम्पत्ति मात्र किन्न सक्छ। अझ, अधिक भुक्तानीको डरले खरिदकर्ताहरूले खरिद गर्ने विश्वास गुमाएका छन् । त्यस कारण मेलबर्नको प्रोपर्टीको मूल्य अर्को दुई महिनामा कम्तीमा ५-७ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ ।
खरिदकर्ताहरूलाई सन्देश

सबै सक्रिय क्रेताहरूलाई मेरो सुझाव: यदि तपाईँले अनुमानित बजार मूल्य भन्दा कम मूल्यको सम्पत्ति फेला पार्नुभयो भने अरू कसैले यसलाई किनेको हेरेर नबस्नुहोस् । तथ्य यो हो कि पोपर्टी मार्केट जहिले पनि लामो समयसम्म माथि जान्छ, तपाईँले धेरैजसो समय पर्खनुको सट्टा खरिद गर्दै जित्नुहुन्छ ।
प्रोपर्टीको मूल्यहरू अर्को केही महिनामा तल जान सक्छ तर यो अनुमान मात्र हो, अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्छ । बढेको ब्याज दरसँगै मूल्यहरू तल जानेछन्, यसैले खरिदकर्ताहरूको लागि ऋण क्षमता घटेको छ । साधारण भाषामा भन्नुपर्दा अहिले ७ लाख मूल्य भएको सम्पत्ति ६ लाख ७० हजारमा जान सक्छ तर क्रेताहरू)को ऋण क्षमता ७ लाखबाट ६ लाख ५० हजारमा जान सक्छ । यसको मतलब बढेको ब्याज दरका कारण खरिद गर्न समस्या हुन सक्छ ।
सबिन जङ्ग थापा, रियल स्टेट एजेन्ट
साफायर रियल स्टेट, मेलबर्न
बैङ्कको ब्याजदर वृद्धिको असर घर जग्गामा मात्र नभएर अस्ट्रेलियामा सबै क्षेत्रमा परेको छ । तुलनात्मक रूपमा सिड्नी भन्दा मेलबर्नमा घर जग्गाको भाउ अघिल्ला बर्सहरूमा पनि तुलनात्मक रूपमा कम थियो । तर अस्ट्रेलियाको राष्ट्रिय बैङ्कले ब्याजदर बढाइरहँदा मेलबर्नको घरजग्गाको भाउमा केही गिरावट आएको छ । घर बिक्रिगर्नेहरुको भन्दापनि किन्नेहरुको समय आएको छ ।
अव बजारमा रियल वायर र रियल शेलरमात्र देखिने छन । किनकि जसलाई घर नवेचिनुहुने छ या जसलाई किन्नै पर्नेछ । उनीहरू मात्र बजारमा हुने छन्। त्यसैले त्यस्तो प्रतिस्पर्धा देखिँदैन । अहिलेको अवस्थामा नाफा कमाउनकै लागि सेलरले आफ्नो प्रोपर्टी बजारमा ल्याउँदैन । यदि तपाइले लोन प्रिएप्रुभल लिनुभएको छ भने पाँच दश प्रतिशतलाई पर्खेर नबस्नुहोस् ।

आज सस्तो मानिएका घरहरु भविष्यमा महँगो हुनेछन् । बढ्दो ब्याज दरले सबै प्रोपर्टीको मूल्यमा समान रूपमा असर गर्दैन, अधिक किफायती प्रोपर्टी वनरहरू सम्भवतः गिरावटको पूर्ण सीमाबाट इन्सुलेट हुन्छन् । “महँगो घरहरूको मूल्य त्यति घटेको देखिँदैन ।”
नयाँ घरको मूल्य शिखरमा पुगेको बेला खरिद गरेका नयाँ खरिदकर्ताहरू नगद दरको परिवर्तनको सबैभन्दा जोखिममा हुनेछन् ।
अर्को वर्ष भिक्टोरियाको राजधानीमा घर र एकाइको मूल्यहरू अहिलेको तुलनामा १०.२ प्रतिशत कम देखिन्छ – कोरलगिजकको पछिल्लो तथ्याङ्कहरू अनुसार ७ लाख ९८ हजार ८ सय ८१ मध्य-मूल्यको आवासमा लगभग ८१ हजार ५ सयको प्रभाव बराबर हुनेछ ।
निक प्रधान, रियल स्टेट एजेन्ट
रे ह्वाइट साउथ मोरङ मेलबर्न
यो पछिल्लो २ दशकमा सबैभन्दा तीव्र गतिको वृद्धि हो । आरबीए द्वारा हालैको ब्याज दर वृद्धि घोषणाले प्रोपर्टी वनरहरुमा ठुलो प्रभाव पार्नेछ ।
मोर्गेज रिपेमेन्ट बढ्नेछ र केही परिवारहरूले मासिक भुक्तानीहरू जारी राख्न सङ्घर्ष गर्नुपर्नेछ । यसले अन्ततः घरको ऋण तिर्नको लागि आफ्नो घर बेच्नु पर्ने अवस्था ल्याउनेछ । यस प्रकारको अवस्था आ धेरै घर मालिकहरूको लागि उत्पन्न हुनेछ । त्यसैले मलाई लाग्छ कि नयाँ खरीदारहरूले प्रोपर्टी मार्केटमा प्रवेश गर्ने अवसरहरू पाउनेछन् ।

मलाई लाग्छ कि यो वृद्धिले प्रोपर्टी मार्केटमा प्रवेश गर्न चाहनेहरूको ऋण लिने शक्ति घटाउन सक्छ तर ब्याज दरमा भएको वृद्धिले घरको मूल्य वृद्धिलाई सुस्त बनाउँछ, सम्भावित रूपमा पहिलो घर खरिदकर्तालाई प्रोपर्टी मार्केटमा प्रवेश गर्न सजिलो बनाउँछ ।
यो अब क्रेता को बजार हो, त्यसैले यसलाई राम्रो बनाउन प्रयास गर्नुहोस् । यदि तपाई सँग लोनको प्रिएप्रुभल ६ भने बढेको ब्याजदरले तपाँइको लोनमा कस्तो प्रभाव पर्छ त्यो पनि बिचार गर्नुहोला ।
