बाढीपीडित नेपालीको साथमा छौँ : जेस विल्सन

बाढीपीडित नेपालीको साथमा छौँ : जेस विल्सन
नेपालआईज
१२ भदौ २०८३ १२:०६

मेलबर्न— भिक्टोरियाकी विपक्षी नेतृ जेस विल्सनले नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा अस्ट्रेलियाली नेपाली समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेकी छन्।

शुक्रबार जारी वक्तव्यमा विल्सनले बाढीमा सयौँ मानिसले ज्यान गुमाएको, धेरै व्यक्ति बेपत्ता रहेको र प्रभावित गाउँहरूले अभूतपूर्व क्षति सामना गरिरहेको उल्लेख गरेकी छन्।

उनले अस्ट्रेलियाली नेपाली समुदायका धेरै परिवार आफन्तको अवस्थाबारे जानकारी पर्खिरहेको भन्दै यस्तो अनिश्चितता कसैले पनि एक्लै सामना गर्न नहुने बताएकी छन्।

भिक्टोरियाको लिबरल तथा नेसनल्स गठबन्धनले परिस्थितिको निरन्तर अनुगमन गर्ने जनाएको छ। कन्सुलर सहायता आवश्यक पर्ने व्यक्तिलाई अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागको आपत्कालीन सेवामा सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर