छत्र शंकर – अस्ट्रेलियामा कामदार भिसामा रहेकाहरुको परिवारलाई अस्ट्रेलिया आउन दिने नीति सरकारले ल्याउने तयारी गरिरहेको प्रधानमन्त्री एन्थोनी अल्बानिजले बताएका छन् ।
साथै प्रधानमन्त्रीले भनेका छन्, ‘ एउटा नयाँ कार्यक्रम अन्तर्गत प्रशान्त टापुहरूबाट वृद्ध हेरचाह गर्ने कामदारहरूलाई अस्ट्रेलियामा रोजगारी र स्थायी बसोबासका लागि भिसाहरू प्रदान गर्ने छौँ ।’ अस्ट्रेलियामा एज्ड् केयरमा कामदारको अभाव भएको हुँदा फिँजी लगायत प्यासिफिक क्षेत्रका देशहरूबाट कामदार बोलाउने प्रधानमन्त्रीले बताए ।
उनले भनेका छन, “मेरो सरकार वृद्ध हेरचाहमा शाही आयोगले भने अनुसार २ सय १५ मिनेट हेरचाह गर्न प्रतिबद्ध छ । “प्यासिफिकका मन्त्री प्याट कोनरोयले भने सरकारले भिसा परिवर्तनको राफ्ट लागू गर्न खोजिरहेको छ किनभने यो ” अस्ट्रेलिया र प्रशान्त दुवैका लागि ठुलो अवसर” हो। अप्रिलदेखि, (पिएएलएम) अन्तर्गत दुई अलग कामदार भिसा स्ट्रिमहरू – मौसमी कामदार कार्यक्रम र प्यासिफिक श्रम योजना – एकल (पिएएलएम) भिसामा एकीकृत हुनेछन्। नयाँ भिसा चार वर्षसम्मको लामो अवधिको लागि मान्य हुनेछ र कामदारहरूलाई धेरै पटक अस्ट्रेलिया फर्कन पाउने छन् ।
सङ्घीय सरकारको प्यासिफिक अस्ट्रेलिया लेबर मोबिलिटी योजना (पिएएलएम) ले फिजीका २६ सय कामदार सहित प्रशान्त क्षेत्रबाट६ २५ हजार कामदारहरू अस्ट्रेलियामा आएको देखाएको छ । प्रशान्ता टापुका देशहरुमा उत्तरी मारियाना टापुहरू, माइक्रोनेसियाको संघीय राज्यहरू, फिजी, फ्रेन्च पोलिनेसिया, किरिबाटी, मार्शल टापुहरू, नाउरु, न्यू क्यालेडोनिया, न्यूजील्याण्ड, पलाउ, सोलोमन टापुहरू, टोंगा, टुभालु, भानुअतु, र वालिस र फ्युटुना रहेका छन् ।