कर छलीमा संलग्न ४० हजार व्यक्तिहरूमाथि अनुसन्धान सुरु, ठगी गर्नेहरू कतै लुक्न नसक्ने प्रहरीको भनाइ

कर छलीमा  संलग्न  ४०  हजार व्यक्तिहरूमाथि अनुसन्धान सुरु,  ठगी गर्नेहरू कतै लुक्न नसक्ने प्रहरीको भनाइ
नेपालआईज
३२ असार २०७९ १४:०७

छत्र शंकर / जिएसटी कर छलीमा ‘शून्य सहनशीलता’ अपनाएको अस्ट्रेलियाको कर कार्यालयले   कर छलीको आशङ्कामा अस्ट्रेलियाका  विभिन्न ठाउँमा छापा  मारेको छ ।   

कर तिर्दा  जालसाजी गरेका सिड्नीका पाँच आरोपितले कानुनी कारबाही भोग्नुपर्ने  भएको छ ।  साथै  रकम फिर्ताका लागि  नक्कली व्यवसाय चलाएको  प्रमाण भेटिएपछि कर कार्यालयले  ४० हजार व्यक्तिहरूमाथि अनुसन्धान  भइरहेको जनाएको छ । सङ्घीय प्रहरीको सहयोगमा कर कार्यालयले यसै हप्तादेखि छापा मार्न सुरु गरेको हो ।

गत महिना पनि कर कार्यालयले जिएसटी छलीमा लागेको भन्दै १९ जनाविरुद्ध अनुसन्धान सुरु गरेको थियो । गत महिना भिक्टोरियामा कम्तीमा ६ आरोपित पक्राउ परेका थिए ।

सिरियस क्राइम टास्कफोर्सका प्रमुख विल डेले ठगी गर्नेहरू कतै लुक्न नसक्ने चेतावनी दिए ।ठगीमा संलग्नहरूको पक्राउका लागि न्यु साउथ वेल्स, भिक्टोरिया, तास्मानिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र क्विन्सल्यान्डमा वारेन्ट (पक्राउपूर्जी) जारी गरिसकिएको छ ।

एटिओको विज्ञप्ति यहाँ हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको