अस्ट्रेलियाको भिसा पर्खाइमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू, वर्षौँसम्म पर्खाउनु ‘अपमानजनक’

अस्ट्रेलियाको भिसा पर्खाइमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू, वर्षौँसम्म पर्खाउनु ‘अपमानजनक’
नेपालआईज
२ साउन २०७९ १०:२८

क्यानबेरा ।  अस्ट्रेलियाको भिसा पाउन महिनौँ कुर्नुपरेको गुनासो  अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गरेको छन् । कतिपय विद्यार्थीहरूले त भनेका छन, ‘१८ महिना कुर्दा समेत भिसा पाएनौँ ।

‘गृह विभागको तथ्याङ्कले भन्छन्, ‘अस्ट्रेलियामा जुन ३० तारिखसम्म ७४ हजार ७ सय अफसोर विद्यार्थी भिसा तथा ६९ हजार ७ सय अनसोर विद्यार्थी भिसा आवेदकहरू विभागको प्रक्रियाका लागि पर्खिरहेका छन् l’  अफसोर भिसा आवेदनहरू मध्ये ६ सय ५० भन्दा बढी   विद्यार्थीहरू  १८ महिना भन्दा  बढी समय भिसाको  पर्खाइमा छन् । उनीहरूले १८ महिना अघि नै भिसाका लागि निवेदन दिएका थिए  ।  

तास्मानियाका सिनेटर र ग्रीन्स इमिग्रेसनका प्रवक्ता निक म्याकिमका अनुसार यो “अपमानजनक” भएको बताएका छन् । उनले  अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विभागबाट जवाफ पाउन १८ महिना र – कतिपय अवस्थामा – वर्षौँसम्म पर्खनु अपमानजनक भएको बताए । उनले एक तिहाइ आवेदनहरू दुई महिना भन्दा पुराना रहेको उल्लेख गरे ।

विभागका प्रवक्ताले भनेका छन, ‘भिसा प्रक्रिया ढिलाइ हुने थुप्रै कारणहरू हुन्छन् र हाम्रो आफ्नै प्रकृियाहरु हुन्छन् ।  अस्ट्रेलिया प्रवेश गर्न प्रत्येक विदेशी नागरिकको व्यक्तिगत आधारमा कागजपत्रहरू हेरिन्छ । अस्ट्रेलियाको  आप्रवासन कानुनले दिएको क्षेत्राधिकार भित्र रहेर उनीहरूको   स्वास्थ्य,  चरित्र, राष्ट्रिय सुरक्षाहरू जाँचहरू हेर्नुपर्छ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको