Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाली सोसाइटी अफ तास्मानियाका नवनिर्वाचित अध्यक्ष तोयाराज भट्टराई भन्छन्-‘संस्थालाई राज्यभर गतिशील बनाउँछु ।’
नेपालआईज
१४ साउन २०७९ १०:१६
होबार्ट । नेपाली सोसाइटी अफ तास्मानियाको अध्यक्षमा तोयाराज भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि नेपाल आइजसंगको कुराकानीमा उनले भने ‘राज्यभरका सबै संघसस्थासंग सहकार्य गरी होबार्टमा मात्र नभइ संस्थालाई राज्यभर गतिशील बनाउँछु।’
शनिवार होबार्टमा सम्पन्न नेपाली सोसाइटी अफ तास्मानियाको वार्षिक साधारण सभाले अध्यक्षमा तोयाराज भट्टराई सहित नयाँ कार्यसमिति चयन गरेको हो ।
निवर्तमान कार्यसमितिका राम्राकामहरुलाइ निरन्तरता दिदैं संस्थालाई स्थानीय सरकार सँगको पहुँचमा पुर्याउन पहल गर्ने भट्टराईले बताए ।
संस्थाको उपाध्यक्षमा खडक खनाल, कोषाध्यक्षमा सरोज पाण्डे, सचिवमा विष्णु भट्टराई चयन भएका छन भने सदस्यहरूमा मिलन पौडेल, ईश्वरी पौडेल र आषिष तिवारी रहेका छन ।
बाँकी दुई जना सदस्य भने संस्थाको पहिलो बैठकबाट मनोनीत गरिने अध्यक्षले जानकारी दिए । निवर्तमान अध्यक्ष खगेन्द्र सत्यालले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै भने ‘तपाँइहरुले गर्ने हरेक कार्यक्रममा मेरो साथ र सहयोग रहने छ ।’ आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै कार्यकाल सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने सञ्चारमाध्यम, प्रायोजक र तास्मानियाभार रहेका नेपाली सङ्घसंस्था तथा समुदायलाई सत्यालले धन्यवाद दिएका थिए ।