प्रवासी नेपाली मञ्च तास्मानियाले क्रुजमा तीजको कार्यक्रम गर्दै

प्रवासी नेपाली मञ्च तास्मानियाले क्रुजमा तीजको  कार्यक्रम गर्दै
नेपालआईज
३ भदौ २०७९ १०:१२

होबार्ट ।  प्रवासी नेपाली मञ्च,  राज्य कमिटी  तास्मानियाले क्रुजमा तीज कार्यक्रम  गर्ने भएको छ ।  नेपाली कला, संस्कृति र मौलिक हरितालिका तीजको महत्त्व झल्काउने गरी अगस्ट २५ मा उक्त कार्यक्रम आयोजना  गरिएको  मञ्चका  तास्मानिया राज्य समिति अध्यक्ष मुगेन गौतमले जानकारी दिए ।  तिलिचो कन्सल्टिङ ग्रुपको मुख्य प्रायोजन रहेको कार्यक्रमलाई क्यूब मोटगेज एन्ड सर्भिस, टास कलेज, क्रिस रिमुभलस, मेरिट एजुकेसन एन्ड माइग्रेसन, म्याड्स क्लिनिङ्ग एन्ड गाडेनिङ्ग लगायतका व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका छन् ।  होबार्टमा हुने उक्त  कार्यक्रममा गोलापर्थाबाट सहभागी एक जनालाई तिलहरी प्रदान गरिने मञ्चका सचिव सुनिल खँदालले जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको