नेपाली सोसाइटी अफ नदर्न  तास्मानियाको कार्यालय  लनचेस्टनमा उद्घाटन   

नेपाली सोसाइटी अफ नदर्न  तास्मानियाको कार्यालय  लनचेस्टनमा उद्घाटन   
नेपालआईज
१२ भदौ २०७९ १३:१०

 लनचेस्टन ।  नेपाली सोसाइटी अफ नदर्न तास्मानिया ( एनएसएनटी) ले अव आफ्नै कार्यालयबाट समुदायको काम गर्ने भएको छ ।  एनएसएनटीले  आइतबार देखि  ६/३४  प्याटरसन  स्ट्रिट  लनचेस्टमा  आफ्नो कार्यालय सञ्चालनमा ल्याएको  हो । 

नदर्न क्षेत्रका सामाजिक अभियान्ताहरुको  सहभागितामा  संस्थाको  कार्यालय उद्घाटन  गरिएको  हो । तास्मानियका समाजसेवी तथा तथा व्यवसायी गोपी  बक्बल , संस्थाका  अध्यक्ष सन्देश श्रेष्ठ र पूर्व अध्यक्ष सन्तोष अधिकारीले  संयुक्त रूपमा  रिवनकाटी कार्यलयको उद्घाटन गरे ।

 

कार्यालय  उद्घाटनपछि   एनएसएनटीका अध्यक्ष सन्देश श्रेष्ठ  तथा सचिव अर्जुन श्रेष्ठले नदर्न क्षेत्रका समुदायमा रहेका समस्या  तथा नयाँ कार्ययोजनाहरुका बारेमा साझेदारहरु संग छलफल गर्न सहज भएको बताए ।  

उद्घाटन सभामा  एनएसएटीका पूर्व अध्यक्षहरु  सन्तोष अधिकारी,ओमकुमार मगर, नवराज मुडभरी र  प्रशान्त खनालले नयाँ कार्यसमितिको अगुवाईमा कार्यालय सञ्चालनमा ल्याएकोमा बधाई तथा शुभकामना दिएका थिए ।  समुदायका मुख्य साझेदारहरुसंग सहकार्य गरी अघि बढ्न एनएसएनटीका पूर्व अध्यक्षहरुले  सुझाव दिएका थिए  ।

साथै कार्यक्रममा  एनआरएनए नारी निकुञ्ज तास्मानियाकी उपसंयोजक आर्जु रिजाल रजकले एनएसएनटीलाई बधाइ तथा शुभकामना दिँदै नारी निकुञ्ज तास्मानिया  एनएसएनटीसंग सहकार्य गरी अघि बढ्न  सधैँ तयारको प्रतिबद्ता व्यक्त गरिन् ।  कार्यालय उद्घान  कार्यक्रममा एनएसएनटीका पदाधिकारी तथा लनचेस्टनमा रहेका सङ्घ संस्था र मिडियाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको