केबिए ग्लोबल र आरजिआइटी अस्ट्रेलिया बन्यो,‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को मुख्य प्रायोजक

केबिए ग्लोबल र आरजिआइटी अस्ट्रेलिया बन्यो,‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को मुख्य  प्रायोजक
नेपालआईज
२० भदौ २०७९ १३:३९

होबार्ट । गैर आवासीय नेपाली सङ्घ  तास्मानियाले  नोभेम्बर ६ तारिखमा आयोजना गर्ने  ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’को  मुख्य  प्रायोजक केबिए ग्लोबल  एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले संयुक्त रूपमा गर्ने भएका छन् ।

गैर आवासीय नेपाली सङ्घ तास्मानियासंग  केबिए ग्लोबल र आरजिआइटी अस्ट्रेलियाका प्रतिनिधिले सोमबार होबार्टमा एक कार्यक्रमका बिच फेस्टिभलको प्रायोजन गर्ने  सम्झौता पत्रमा हस्ताक्षर  गरेका हुन । 

उक्त  सम्झौता पत्रमा केबिए  ग्लोबलका सिइओ शम्भु कँडेल, आरजिआइटीका  अनिल श्रेष्ठ  र  एनआरएनए तास्मनियाका संयोजक  राकेश शाक्यले  संयुक्तरुपमा  हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि एनआरएनए  तास्मनियाका  संयोजक शाक्यले  नेपाल फेस्टिभल सफल पार्न अनुमानित ६०/७० हजार लाग्ने भएकाले   ्केबिए  ग्लोबल र आरजिआइटी जस्तै  अन्य नेपाली व्यवसायलाई पनि फेस्टिभलमा जोडिन आग्रह गरे ।  

केबिए ग्लोबलका सिइओ शम्भु कँडेल र आरजिआइटीका अनिल श्रेष्ठले एनआरएनए तास्मानियालाई महोत्सवको प्रायोजक हुने अवसर दिएकोमा धन्यवाद दिएका थिए ।

केबिए ग्लोबल र आरजिआइटी अस्ट्रेलियाले संयुक्तरुपमा महोत्सवको मुख्य प्रायोजनका लागि  १७ हजार डलर  दिने सम्झौता गरेका छन ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको