Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
केबिए ग्लोबल र आरजिआइटी अस्ट्रेलिया बन्यो,‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को मुख्य प्रायोजक
नेपालआईज
२० भदौ २०७९ १३:३९
होबार्ट । गैर आवासीय नेपाली सङ्घ तास्मानियाले नोभेम्बर ६ तारिखमा आयोजना गर्ने ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’को मुख्य प्रायोजक केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले संयुक्त रूपमा गर्ने भएका छन् ।
गैर आवासीय नेपाली सङ्घ तास्मानियासंग केबिए ग्लोबल र आरजिआइटी अस्ट्रेलियाका प्रतिनिधिले सोमबार होबार्टमा एक कार्यक्रमका बिच फेस्टिभलको प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
उक्त सम्झौता पत्रमा केबिए ग्लोबलका सिइओ शम्भु कँडेल, आरजिआइटीका अनिल श्रेष्ठ र एनआरएनए तास्मनियाका संयोजक राकेश शाक्यले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि एनआरएनए तास्मनियाका संयोजक शाक्यले नेपाल फेस्टिभल सफल पार्न अनुमानित ६०/७० हजार लाग्ने भएकाले ्केबिए ग्लोबल र आरजिआइटी जस्तै अन्य नेपाली व्यवसायलाई पनि फेस्टिभलमा जोडिन आग्रह गरे ।
केबिए ग्लोबलका सिइओ शम्भु कँडेल र आरजिआइटीका अनिल श्रेष्ठले एनआरएनए तास्मानियालाई महोत्सवको प्रायोजक हुने अवसर दिएकोमा धन्यवाद दिएका थिए ।
केबिए ग्लोबल र आरजिआइटी अस्ट्रेलियाले संयुक्तरुपमा महोत्सवको मुख्य प्रायोजनका लागि १७ हजार डलर दिने सम्झौता गरेका छन ।