नेपाल महोत्सव मेलबर्नको सन्देश: नेपालीहरूको एकताले मात्र हाम्रो कला,संस्कृति र परम्परा जोगिन्छ

नेपाल महोत्सव  मेलबर्नको सन्देश:  नेपालीहरूको एकताले मात्र हाम्रो कला,संस्कृति र परम्परा जोगिन्छ
नेपालआईज
२६ भदौ २०७९ १०:२६

मेलबर्न । एनआरएनए अस्ट्रेलिया सिग्नेचर कार्यक्रम नेपाल फेस्टिभल आज सेप्टेम्बर १० मा फेडेरेशन स्कयरस्थित भव्यताको साथ सम्पन्न भएको छ । फेस्टिभलमा सहभागिता हुन  अस्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारी लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो । सबै राज्यका नेपालीहरूको उपस्थिति हेर्दा के देखिन्थ्यो भने यसरी नै प्रवासमा रहेका नेपालीहरू एकता हुने हो भने हाम्रो कला संस्कृति जगेर्ना गर्न किनै सहज हुने रहेछ ।

अस्ट्रेलिया कालागि नेपाली राजदूत कैलाश राज पोख्रेल प्रमुख अतिथि रहेको यस फेस्टिभलमा विशेष अतिथिहरूमा भिक्टोरियाको महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, ऊर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, मेयर, काउन्सिरल लगायत विभिन्न अरू सरकारी विभागका प्रतिनिधिहरू उपस्थित भएका थिए । त्यसै गरी भिक्टोरियाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ लगायत विभिन्न राज्य वाट एनआरएनका संयोजक तथा प्रतिनिधिहरू उपस्थित भएका थिए ।

बिहान ११ वजे टेजररी विल्डिङ्गबाट परेड सुरु गरेर नेपाल फेस्टिभलको शुभमुहर्त गरिएको थियो । परेडमा राजदूत कैलाश पोख्रेलदेखि एनआरएनए आईसीसी, एनसीसी र एसीसीका सबै पदाधिकारीहरुपनि उपस्थित भएका थिए । नेपाल र अष्टेलियाको झन्डा फरफराउँदै फेडेरेशन आइपुगेको परेडमा कुमारी, बुद्ध देखि लिएर पन्चे वाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्य देखि क्रियाकलापहरू आकर्षण थिए ।

एकदेखि तीन वजेसम्म चलेको औपचारिक कार्यक्रम पानसमा बत्ती वालेर गरिएको थियो । दुवै देशको राष्ट्रिय गाना बजाउँदै गर्दा भर्खरै निधन  भएकी बेलायतकी महारानी एलिजाबेथको शोकमा एक मिनेट मौन धारणा पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै भिक्टोरियाका अध्यक्ष हरि खड्का, राजदूत कैलाश राज पोख्रेल, महावाणिज्यदूत चन्द्र योन्जन, आईसीसी उपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण खड्का,  अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ लगायत सबै जनाले नेपाल फेस्टिभलको वृहत् मेलाको प्रशंसा गर्दै यसमा खट्ने सबैलाई धन्यवाद दिएर सबै जना कुनै जातजाति, राजनैतिक पार्टीको भन्दा पनि नेपाली भएर चिनाउनु पर्छ भनेर जोड दिएका थिए । सबै जनाले नेपालीहरूको विविधतामा एकताको पनि कुरा गरिएको थियो ।

त्यसै गरेर शिक्षा मन्त्री नतालि, ऊर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी हुने सबै जना खादा र ढाका टोपि लगाएर स्वागत गरिएको थियो । विभिन्न नृत्यसहित सङ्गीतले फेस्टिभलको माहौल तातिएको थियो । फेस्टिभलमा लोक दोहोरी गायक बद्री पङ्गेनी, गायिका एलिना चौहान र ब्यान्ड कववेभले दमदार प्रस्तुति दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर