क्यानबेरा । अस्ट्रेलियामा श्रमशक्ति अभावलाई सम्बोधन गर्न विद्यार्थी भिसा प्राप्त गरेकाहरूका लागि काम गर्ने समयमा माथि लगाइएको प्रतिबन्धहरू अस्थायी रूपमा हटाइएको छ ।
आगामी वर्षको जुन ३० सम्म हाल अध्ययनरत विद्यार्थी तथा नयाँ विद्यार्थीहरूका साथै सेकेन्डर एप्लिकेन्टहरुले अर्थतन्त्रको कुनै पनि क्षेत्रमा १५ दिनमा ४० घण्टा भन्दा बढी काम गर्न तथा पाठ्यक्रम सुरु हुनुअघि काम गर्न सक्छन् ।
तर विद्यार्थीहरू भने भिसाको नियममा आउने परिवर्तनबारे भने सचेत हुनुपर्नेछ । विद्यार्थीका लागि जानकारी काम गर्न सक्ने घण्टाको सङ्ख्यामा लचिलोपन आए पनि विद्यार्थीले भने आफ्नो अध्ययन र कामका प्रतिबद्धताहरूलाई सन्तुलनमा राख्नु पर्ने हुन्छ ।
विद्यार्थी भिसा भएकाहरूले आफ्नो नामाङ्कन रद्द गर्ने र कक्षाहरूमा उपस्थित हुन छोड्ने वा सन्तोषजनक पाठ्यक्रम प्रगति पूरा गर्न असफल हुनेहरूका लागि भिसा सर्तहरूको उल्लङ्घन गरेको मान्न सकिनेछ । रोजगारदाताका लागि जानकारी रोजगारदाताहरूले अस्ट्रेलियाको कार्यस्थल कानुनको पालना गरिरहनुपर्ने गृह विभागले जनाएको छ ।
थप जानकारी यहाँ हेर्नुहोस ।