आइतबार लनचेस्टनमा सांस्कृतिक परेड र दशैं मेला,तास्मानियाबासी नेपालीहरु हुनुपर्छ भेला !

आइतबार लनचेस्टनमा सांस्कृतिक परेड र दशैं मेला,तास्मानियाबासी नेपालीहरु हुनुपर्छ भेला !
नेपालआईज
२० असोज २०७९ १३:२५

 

छत्र शंकर 

नेपाली सोसाइटी अफ  नदर्न  तास्मानियाले यहाँको दोस्रो ठुलो शहर लनचेस्टमा आउँदो आइतबार ९ तारिखमा पहिलो पटक सांस्कृतिक परेड सहितको दशैं मेलाको आयोजना  गर्दैछ ।  सोसाइटीले  लनचेस्टनमा पहिलो पटक हुने परेडमा तास्मानियाबासी सम्पूर्ण नेपाली तथा नेपाली भाषीहरुहरुलाइ आ-आफ्नो भेसभुसा तथा कला संस्कृति झल्कने पहिरनमा सहभागी हुन अनुरोध गरेको छ । तास्मानियाको पनि क्षेत्रीय सहरमा हुने यो  सांस्कृतिक परेडले यहाँका स्थानीयहरूमा नेपालीहरूको कला संस्कृति मात्र नभए एकताको सन्देश समेत जाने भएकाले  तास्मानीयामा बस्ने सबै नेपालीहरु  स्वतःस्फूर्त सहभागी हुनुपर्ने देखिन्छ ।  

किन सहभागी हुनुपर्छ परेडमा 

तथ्य र तथ्याङ्कमा मात्र हाम्रो उपस्थिति देखिएर हुँदैन । हामीले तथ्याङ्कमा भएको सङ्ख्यालाई सहभागितामा  देखाउन सक्यौ भने मात्र स्थानीय सरकार तथा  समुदायले हाम्रो पहिचान र अस्तिस्वलाइ सम्मान गर्छ ।  यो राज्य भित्र बस्ने प्रतिभा  तथा कला भएका नेपालीहरूका लागि सांस्कृतिक परेड अवसर पनि हो  यो परेडमा तपाइ आफ्नै पहिचानमा सहभागी जनाउन सक्नु हुन्छ ।  


प्राकृतिक रूपमा नेपालसँग मिल्दो  जुल्दो यो राज्यमा बसोबास गर्ने नेपाली समुदायमा सिङ्गो नेपालको तस्बिर देखिन्न सकिन्छ । किनकि यहाँ पूर्व मेची देखि पश्चिम महाकालिका  मानिसहरू बसोबास गर्छन् । त्यति मात्र हैन यहाँको नेपाली समाजले आफ्नो भाषा कला र सस्कृतिलाइ जोगाउन अहोरात्र खटेको पनि छ । पंचे बाजा देखि  नेपाली लोकसंगित तथा  कला संस्कृति  समुदायको सम्पत्ति बनिसकेको छ । यदी  परेडमा हामीले  बाक्लो उपस्थिती देखायौं भने स्थानीय सरकारले  हाम्रो समुदायलाई आवश्यक पर्ने विभिन्न सेवा सुविधामा हामी प्राथमिकतामा पर्न सक्छौं।  


नेपाली सोसाइटी अफ  नदर्न  तास्मानियाको अनुरोध 

 नेपाली सोसाइटी अफ नदर्न तास्मानीयाका सचिव  अर्जुन श्रेष्ठ भन्छन्,  ‘तास्मानिया साँच्चै एक बहु सांस्कृतिक राज्य हो र हामी तस्मानियामा मात्र नभई सम्पूर्ण अस्ट्रेलियामा जनसङ्ख्याको हिसाबले बढिरहेको समुदाय हौँ । समुदाय बढ्दै जाँदा तथा हामीले अस्ट्रेलियालाई हाम्रो घरको रूपमा बताइरहँदा हाम्रो पहिचान, हाम्रो संस्कृति  र विधिधताहरुलाइ  बहु सांस्कृतिक समुदायलाई देखाउन महत्त्वपूर्ण छ ।’  हामी यो परेडमा हाम्रो अद्वितीय संस्कृति, र परम्परा प्रदर्शन गर्न चाहन्थ्यौँ ।  हामी देखाउन चाहन्छौँ कि लनचेस्टन सहरले सबै पृष्ठभूमिका मानिसहरूलाई स्वागत गर्दछ र यहाँ बस्दा र परिवारलाई हुर्काउने उत्कृष्ट ठाउँ हो । सोसाइटीका अध्यक्षले सन्देश श्रेष्ठले,  सांस्कृतिक परेडमा  पञ्चेबाजा , हाम्रा सांस्कृतिक पोसाकहरू, हाम्रो विविध समुदायको  संस्कृतिलाई  एउटै ठाउँमा  प्रदर्शन गर्ने प्रयास गर्नेछौँ र हाम्रो समुदाय र संस्कृतिलाई हाम्रो समुदाय  मात्र नभएर स्थानीय समुदायमा देखाउन चाहन्छौ ।’  

परेड परिक्रमा गर्ने स्थानहरु

परेड अक्टोबर ९ मा सिभिक स्क्वायर – चार्ल्स स्ट्रिट – प्याटरसन स्ट्रिट – सेन्ट जोन्स सेन्ट हुँदै सिभिक स्क्वायरमा समापन हुनेछ । आफ्नो सांस्कृतिक परेडमा पहिचान झल्कने  पोसाक, नेपाल र अस्ट्रेलियाको झन्डा   सहित सहभागी हुन  सोसाइटीले अनुरोध गरेको छ । त्यसै गरी दसैँ मेला  सोही दिन  उइन्डसोर पार्क रिभर साइड २ बजे हुने छ । 

हेरौँ लनचेस्टनमा नेपाली भाषीहरुको पछिल्लो जनसङ्ख्या २०२१ 

East Launceston392,2611.701,9710.0+39
Invermay1053,4993.0613,0592.0+44
Kings Meadows – Punchbowl694,8581.4314,2670.7+38
Launceston753,1042.403,0680.0+75
Mayfield391,5282.6561,5163.7-17
Mowbray3924,0599.72833,7187.6+109
Newnham7267,05710.33576,3755.6+369
Newstead615,6141.105,4980.0+61
Norwood193,8570.503,7170.0+19
Ravenswood213,8070.603,6440.0+21
Rocherlea01,0340.011,1170.1-1
Rural East – Lilydale72,9670.202,7500.0+7
South Launceston1254,8912.604,4380.0+125
St Leonards – White Hills32,4990.102,1580.0+3
Summerhill – Prospect354,9380.7104,6590.2+25
Trevallyn141,9310.701,8380.0+14
Waverley01,5770.001,4870.00
West Launceston414,3300.904,2710.0+41
Windermere – Swan Bay and District31,2920.201,0630.0+3
Youngtown – Relbia414,9150.834,6410.1+38
Northern Suburbs1,28722,5585.775820,9173.6+529
Youngtown414,3051.034,1230.1+38
City of Launceston1,82270,0432.677565,2741.2+1,047
Regional TAS2,713309,0830.9790286,6270.3+1,923
City of Ballarat213113,7670.239101,6860.0+174
Tasmania7,248557,5721.31,647509,9650.3+5,601
Australia133,07825,422,8160.562,00523,401,8900.3+71,073

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको