लनचेस्टनमा सांस्कृतिक परेड, पंञ्चेबाजाले गुन्जियो शहर (फोटो फिचर )

लनचेस्टनमा सांस्कृतिक परेड, पंञ्चेबाजाले गुन्जियो शहर (फोटो फिचर )
नेपालआईज
२३ असोज २०७९ १:२२

छत्र शंकर 


आइतबार लनचेस्टनको भित्री शहर सांस्कृतिक परेडसंगै पञ्चेबाजाले गुन्जियो ।  स-साना नानीबाबुहरू देखि बुवाआमाहरु नेपाली झन्डा लिएर सांस्कृतिक परेडमा सहभागी  भए । यही जन्मे हुर्केका नानीबाबुहरू नेपाली कला संस्कृति देखेर रमाइरहेका थिए भने लाखे नाचले सबैको ध्यान तानेको थियो

फोटो सौजन्य: ओमकुमार मगर


पञ्चेबाजाको धुनमा  नाच्दै गाउँदै सहभागीहरू परेडमा सहभागी भएको देखिन्थ्यो । नेपालबाट  दसैँ मनाउन लनचेस्टन आएका बुबाआमाहरु  उतिकै उत्साहित  देखिन्थे  लनचेस्टन त्यसै त नेपाल जस्तो देखिँदो रहेछ, त्यसमा पनि पंचे बाजाको धुन सुनेपछि त नेपाल नै पुगेजस्तो लाग्यो उनीहरू भन्दै थिए । 

फोटो सौजन्य: ओमकुमार मगर

 नेपाली सोसाइटी अफ नदर्न तास्मानियाको आयोजना गरेको परेड सिभिक स्क्वायर – चार्ल्स स्ट्रिट – प्याटरसन स्ट्रिट – सेन्ट जोन्स सेन्ट हुँदै सिभिक स्क्वायरमा  पुगेर  समापन भएको थियो ।  संस्कृति परेडमा सहभागी हुन राज्यको होबार्ट देखि बर्नीसम्मका नेपाली समुदायको उपस्थिति रहेको थियो । सांस्कृतिक परेडलाई  सम्बोधन गर्दै लनचेस्टनका मेयरले नेपाली कला र संस्कृतिको प्रशंसा गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको