Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
घुम्नै पर्ने तास्मानियाको फूलबारी, मात्र सेप्टेम्बरको अन्त्यदेखि अक्टोबर मध्यसम्म (टुलिपको कथा)
नेपालआईज
२५ असोज २०७९ १२:२६
छत्र शंकर
यो रङ्गीचङ्गी फूलबारी , डाईमन क्वालिटी बल्बस, तास्मानियाको उत्तरी पश्चिमी तटको प्रतिष्ठित स्थानमा रहेको टेवल केप टुलिप फार्मबाट सञ्चालित छ ।
टेवल केप तास्मानियाको वेनयार्ड सहर नजिकै रहेको छ । सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको मध्यसम्म यहाँका खेतजस्तै देखिनेगराहरू रङ्गीचङ्गी देखिन्छ । मानिसहरू तास्मानियामात्र नभएर अन्य राज्यबाट यो दृश्य हेर्न आउने तथा टुलिपको बिचमा हिँड्न रमाइलो मान्छन् ।
टुलिप फार्मका व्यवस्थापकहरू भन्छन्, ‘हाम्रो बुझाई मा अस्ट्रेलियाको दक्षिणी गोलार्धमा रहेको सबैभन्दा ठुलो टुलिप क्षेत्र हो ।’ फूलबारीमा रमाउन नेपालीहरू प्रत्तेकदिन जसो नै पुगेका हुन्छन् ।
टुलिपकोबारेमा
टुलिप इरान र टर्कीको पहाडमा उत्पन्न भएको हो । यसलाई डचहरुले प्रसिद्ध बनाए साथै उनीहरूले लगभग चार शताब्दीदेखि यी सुन्दर बल्वस उत्पादन गर्ने तथा यसको हाइब्रिड गरेका छन् । टुलिप राम्ररी विकास हुनका लागि चिसो मौसम तथा लामो र चिसो वसन्त चाहिन्छ तर पहिलो वर्षमा अस्ट्रेलियाको अत्यधिक गर्मी हुने क्षेत्रमा फुलाउन सकिन्छ । टुलिप बिस्तारै बढ्दै जान्छ । टुलिपको विभिन्न आकार प्रकार रहेका छन्, सानोदेखि ठुलो, एकल र दोहोरो, गुच्छेदार वा सुगा रंगको तथा पुरै कालो वा पुरै निलो बाहेकको सँगै रङ्गमा पाइन्छन् । करिब १४ प्रकारको टुलिप तास्मानियाको फूलबारीमा देख्न पाइन्छ ।
पारिवारिक व्यवसाय
टेबल केप फार्ममा कृषि र बागवानीको एक गर्विलो विरासत रहेको छ । (रोवर्टस—थोमसन) को परिवार सन् १९१० मा केपमा बसोबास गरे र पछिका पुस्ताहरूले जमिनलाई सफा गरे, विभिन्न खेती गरे तथा गाईबस्तु र भेडा पालन गरे । सन् १९८४ मा पल तथा ब्रोनवेन रोवर्टस—थोमसनले आफ्नो पहिलो टुलिप बल्बस हल्याण्डबाट ल्याए र त्यसयता भान डाई मन क्वालिटी बल्बसको विस्तार जारी छ ।
Photo Guthi
साथै यो अहिले यो टुलिप बल्वसमात्र नभएर डच आइरिस र लिलियम्सको एक मुख्य उत्पादकको रूपमा रहेको छ । उनीहरूले भनेका छन्, ‘हामी साँच्चै मानिसहरूलाई यी अद्भुत बिरुवाहरूलाई वृद्धि गर्ने मौका प्रदान गरिरहेका छौ तथा हाम्रो अनुभव तथा विशेषज्ञताले हामीलाई यस्तो आदर्श स्थानमा उभ्याएको जसका आधारमा तपाईँलाई शिक्षित बनाउन तथा आफ्नै अधिकारमा सफल बल्ब उत्पादक बन्न प्रेरित गर्दछौ ।
साथै यो अहिले यो टुलिप बल्वसमात्र नभएर डच आइरिस र लिलियम्सको एक मुख्य उत्पादकको रूपमा रहेको छ । उनीहरूले भनेका छन्, ‘हामी साँच्चै मानिसहरूलाई यी अद्भुत बिरुवाहरूलाई वृद्धि गर्ने मौका प्रदान गरिरहेका छौ तथा हाम्रो अनुभव तथा विशेषज्ञताले हामीलाई यस्तो आदर्श स्थानमा उभ्याएको जसका आधारमा तपाईँलाई शिक्षित बनाउन तथा आफ्नै अधिकारमा सफल बल्ब उत्पादक बन्न प्रेरित गर्दछौ ।